दोधारा

कोरोनाको दोस्रो लहरले दोधारा चाँदनीलाई समेत स्तब्ध बनाएको अवस्थामा दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई सुरुको दिनमा ८ सय्याको कोभिड अस्पताल बनाईएको हो । दिन प्रतिदिन संक्रमितको संख्या बढ्नुको साथै मृत्यु दर बढ्न थालेपछि दोधारा चा“दनी नगरपालिकाको कार्यपालिका बैठकले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई कोभिड अस्पताल बनाउने निर्णय भए बमोजिम कार्य अघि बढाईएको हो । ८ सय्याको कोभिड अस्पतालमा दिनदिनै संक्रमितको संख्या थपिदै जादा अहिले आएर १५ सय्याको अस्पताल भएको छ् ।


केही दिन अघि मात्रै असक्सजनको चरम अभाव भएपनि अहिले आएर समेत अक्सिजनको अभावमै अस्पताल संचालनमा छ् । तर संक्रमित बढ्दै गएको अवस्थामा भने अक्सिजनाको समस्या थप जटिल देखिने भने देखिने पक्का छ् । कोभिड अस्पतालमा ६ वटा कन्सरटेटर मध्य एक कन्सरटेटरमा केही प्राबिधिक गडबढीको कारण प्रयोगमा छैन् । कोभिड अस्पतालमा २६ वटा अक्सिजन सिलिण्डर मध्य २१ अक्सिजन सिलिण्डर प्रयोगमा छ् ।

सिलिण्डरलाई पालैपालो धनगढी र नेपालगञ्ज रिफिल कार्य भईरहेको छ् । उक्त रिफिल गर्ने कार्यमा नगरपालिकाका २ जना कर्मचारी खटिदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कोभिड अस्पताललाई अझै पनि अक्सिजन सिलिण्डर, कन्सरटेटर लगाएत कोेभिडको बिरामीलाई प्रयोग गरिने औषधीको अभाव रहेको बताएका छन् । कोरोना भाइरस दोस्रो लहर बढि घातक भएकाले नगरबासी जनताको स्वास्थ्य सुरक्षामा ध्यानमा राख्दै अस्पताल संचालनमा ल्याएको नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए । बिरामीहरु थपिदै गएको अवस्थामा अक्सिजन र औषधीको निकै खाँचो परिरहेको उनले बताए । कोभिड अस्पतालमा कोरोना जितेर घर फर्किएका स्थानिहरु पनि त्यत्तीकै रहेको छ् । भने जटिल अवस्था भएकालाई रिफर गर्ने काम समेत भईरहेको छ् ।
‘हामीले होम आइसोलेसनमा बसेकाहरुलाई फोनबाट उनिहरुलाई परामर्श तथा स्वास्थ्य अवस्था बुझ्ने काम समेत गरेका छौं । स्थानियहरुलाई निःशुल्क एन्टिजिनबाट कोरोना परीक्षण भईरहेको छ् ।’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । नगरका प्रवक्ता सिजालीले महामारी जटिल भएकाले लकडाउन पालना गर्न नागरबासीका आग्रह समेत गरेका छन् । कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरीले ८ सय्याबाट सुरु गरिएको कोभिड अस्पतालमा अहिले १५ सय्याको अस्पताल भएको बताएका छन् । बिरामीको चाँप दिनदिनै बढ्दै गएको कारण उनिहरुलाई चाहिने अक्सिजन र औषधीको समस्या रहदै आएको डाक्टर चौधरीले बताएका छन् । अहिले कोभिड अस्पतालमा ३ जना डाक्टर र स्वासथ्यकर्मीहरु पालै पालो कोरोना उपचारमा खटिदै आएका छन् । यस्तै चाँदनी स्वास्थ्य चौकीमा प्रशुती सेवा लगाएत अन्य सेवा संचालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।






