पुनर्वास

पुनर्वास नगरपालिका भित्रका कोरोना संक्रमितलाई बोक्न नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाले एक निर्णय गर्दै कोरोना संक्रमितका लागि नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो ।

कोरोना महामारी फैलिरहेको अवस्थामा जोखिम व्यवस्थापन गर्न पुनर्वास भित्रका कोभिड -१९ संक्रमितहरुलाई धनगढी सम्म लैजान नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरिएको संस्थाका सचिव रुपेश खरेलले जानकारी दिए ।

उनले नि:शुल्क अभियान संचालन गर्न इन्धन व्यवस्थापनका लागि संस्थाका सम्पुर्ण आजीवन सदस्य एवम् सहयोगी दाताहरुलाई आर्थिक सहयोगका लागि संस्थाको तर्फबाट हार्दिक अपिल समेत गरेका छ्न ।
संस्थाले अभियान सफल बनाउन सहयोगी दाताहरूलाई एनएमवि बैंक पुनर्वास शाखामा रहेको नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाको खाता नम्बर १८२०१३११५५२०००२६ मा सिधै सहयोग गर्न तथा नवीन कुमार तिमिल्सेना ९८१२७०१३८१ (सह-सचिव ), चण्डि प्रसाद सुवेदी: ९८०६४९४५७७ (सह-कोषाध्यक्ष ), राम नारायण कडेल: ९८५८७५०९१० (कार्यसमिति सदस्य ) उहाँहरुलाई सम्पर्क गरि सहयोग गर्न समेत आग्रह गरेका छ्न ।
