युवाले थालनी गरेको “मेरो सहयोग” अभियानले अक्सिजन कन्सन्ट्रेटर सहयोग


कञ्चनपुर , विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस बाट नागरिकले दिनप्रतिदिन ज्यान गुमाउँदै गरेको यो विषम परिस्थितिमा लाई मध्यनजर गर्दै युवाले थालनी गरेको “मेरो सहयोग” अभियान बाट संकलन भएको आर्थिक रकमबाट अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ।

कोरोना भाईरस कोभिड १९ को दोस्रो भेरेन्टी तिब्र गतिमा फैलिरहेको समयमा आफ्नो तर्फबाट कोभिड संक्रमणलाई रोकथाम तथा न्युनिकरणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ एक हप्ता अघि मात्र बेलडाँडीमा थालनी गरिएको “मेरो सहयोग” अभियानले बेलडाँडीमा अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग गरेको हो।

अभियानले आज शुक्रबार बेलडाँडी गाउँपालिका वडा नम्बर- २ मा सञ्चालनमा रहेको कोभिड आईसोलेसनमा एक कार्यक्रमका विच अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग गरी अभियानले प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडी र रौतेली विचुवा स्वास्थ्य चौकी झिलमिलालाई १/ १ थान अक्सिजन कन्सन्ट्रेटर संगै ५ थान अक्सिडोमिटर, कोभिड प्रभावितलाई मास्क सेनिटाईजर सहितका स्वास्थ्य सामाग्री सहयोग गरेको अभियानका एक अभियन्ता सचिन कठायतले जानकारी दिनु भएको छ।

उनले भने ”अहिले हामिले चालेको आर्थिक सहयोग अभियानबाट संकलित रकमले २ लाख मुल्य बराबर रहेको यि समाग्री सहयोग गरीएको र ” साथै उनले भने ‘आगामि दिनमा समेत स्वास्थ्य सामाग्री सहयोग गर्ने र अक्सीजन सिलेन्डर सहित अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने आगामी दिनको योजना रहेको छ।

अभियान चालेको एक हप्तामै दाताहरुले उलेख्य रुपमा सहयोग गरेको हुँदा अहिले सम्म ३ लाख बराबर आर्थिक संकलन भएको छ । यसरी संकलित रकमको सम्पुर्ण आय व्ययको बारे आउदो सोमबार सम्म पारदर्शी रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको अभियान्ता एक युवाले बताएका छन् ।

अभियानबाट कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सहयोगबाट संकलित रकम तथा अन्य सामाग्रीलाई बेलडाँडीका जनता बचाँउन आवश्यक पर्ने स्वास्थ्य सामाग्रीमा खर्च गरीने अभियानका अभियन्ताहरुले बताएका छन् । अभियानमा यस क्षेत्रका उद्योगी, व्यायापारी, राजनैतिक दल, कर्मचारी, समाजसेवी बेद्धिजीवी लगायत सबै पक्ष संग सहयोगका लागि हार्दीक अपिल समेत गरीएको छ ।

 


ताजा समाचार

spot_img