कोरोना संक्रमित दोधारा चाँदनीका ५२ वर्षिय पुरुषको मृत्यु : मृत्यु हुने १२ पुग्यो 


दोधारा

दोधारा चाँदनी नगरपालिकाका कोरोना संक्रमित ५२ वर्षिय एक पुरुषको आज महाकाली अञ्चल असपताल महेन्द्रनगरमा मृत्यु भएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा एन्टिजिन पोजिटिभ देखिएका उक्त पुरुष थप उपचारको लागी महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा लगिएको थियो ।

उनको उपचारको क्रममा आज दिउसो मृत्यु भएको दोधारा चाँदनी नगरपालिका कार्यालय दोधारा चाँदनीका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जनाएका छन् । दोधारा चा“दनीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या अझै सम्म १२ पुगेको छ् ।


ताजा समाचार

spot_img