दोधारा

सरकारले गरेको लकडाउनमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा तस्करको योजनालाई नेपाल प्रहरीले बिफल गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको ईलाका प्रहरी कार्यालयले लकडाउनको बेला दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा थप कडाई गर्न थालेको छ् । कारोना संक्रमणको दोस्रो लहरले दोधारा चाँदनी नगरपालिकाका स्थानियहरुमा आक्रान्त रहेको बेला दोधारा चाँदनी नगरपालिका वडा नं. ३ पुर्णागिरी घाटबाट भारतबाट नेपाल भित्र्याउदै गरेको झण्डै रु. २० हजार मुल्य बराबरको कुखुराको अण्डा लगाएत किराना पसलका समान बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।


ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरिक्षक भरत राज गिरीको कमाण्डमा गएको गस्ती टोलीले भारतबाट साईकलमा ल्याउदै गरेको अवस्थामा कुखुराको अण्डा, पेयपदार्थ, सुर्ती, बिडी, कपडा लगाएत झण्डै रु. २० हजार बराबरको अबैध समान बरामद गरेको हो । भारतबाट साईकलको सहारा नेपाल भित्र्याउदै गरेको कुखुराको अण्डा १५ क्रेट, पेयपदार्थ, सुर्ती, बिडी, कपडा लगाएत अबैध समान बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले बताएका छन् ।प्रहरीको गस्ती टोली देख्ना साथ तस्करहरु समान छाडेर भागेका थिए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा गरेको कार्यप्रती स्थानियहरु समेत खुशी भएका छन् । कोरोनाको रोकथाम तथा नियन्त्रण संगै शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले बताएका छन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले लकडाउनको पालाना गर्न सबैलाई आग्रह गर्दै आएको छ् ।







