कञ्चनपुर

कोरोना रोकथाम एव नियन्त्रणका लागि फ्रन्ट लाईनमा खटिएका कञ्चनपुरका सुुरक्षाकर्मीलाई एक समाजसेवि युवा समुहले फलफुल एव नास्ता वितरण गरिरहेका छन । खगेन्द्र प्रशाद जोशी नेतृत्वमा महेन्द्रनगरका युवा समाजसेवि समुहले महामारीका बेला सुरक्षाकर्मीको हौसला प्रदानका लागि नास्ता स्वरुप फलफुल, पानी, विस्कुल वितरण गरिएका छन ।

जोशी सहित संचारकर्मी जनक चन्द, रमेश परियार, मिराज अन्सारी र करन पाल समुहका युवाहरुले राजमार्ग, सीमा, बजार गाँउ क्षेत्रमा खटिएका सुरक्षाकर्मी(सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई दिईरहेका छन । सुरक्षाकर्मीले महामारीका बेला समाजतहबाट गरिरहेको सद्भावले उत्साहित भएका छन । उक्त युवाको समुहले विगत १७दिनदेखि नियमित नास्ता खुवाईरहेका छन ।







