लकडाउनमा दोधारा चाँदनी प्रहरीको भुमिका अहम : समुदायमा कोरोना संक्रमण युद्ध स्तरमा


दोधारा 

दोधारा चाँदनी नगरपालिकामा युद्ध स्तरमा कोरोना संक्रमण बढ्दै गएको कोभिड अस्पताल दोधारा चादनीको एक तथ्यांकले देखाएको छ् । कोरोना संक्रमणको कारण दोधारा चाँदनीमा ११ जनाले ज्यान गुमाईसकेको तथ्यांकमा उल्लेख छ् । भारत लगाएत अन्य मुलुकबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण देखिएको र मृत्यु भएको भएपनि अहिले आएर समुदाय स्तरमा समेत मृत्युको संख्या दिनदिनै बढ्दै गएको छ् । कोभिड अस्पतालमा दिनदिनै गर्दै आएको एन्टिजिन परिक्षणमा दर्जैनौ स्थानियहरु कोरोना संक्रमित फेला पर्र्दै आएको छ् ।

No description available.

उनिहरु मध्य अधिकांश होम आईसोलेसनमा बस्दै आएका छन् । कोभिड अस्पताल दोधारामा गरिएको एन्टीजिन जाँचमा अझै सम्म १ सय ४ जना महिला र १ सय ५८ जना महिलामा कोरोना संक्रमण देखिएको कोभिड अस्पतालका सुचना अधिकारी नन्दराज भट्टले जानकारी दिएका छन् । बस्तीहरुमा ज्वरो, झाडा पखाला र स्वाशको समस्या भएका बेग्रल्ती बिरामीहरु रहेको स्थानियहरुले बताउदै आएका छन् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा अझै पनि तस्करी र आवात जावत रोकिएको छैन् । दोधारा चाँदनीमा संक्रमण समुदाय स्तरमा ब्याप्त देखिन थालेपछि नेपाल प्रहरीले लकडाउनलाई थप कडाई पार्दै आएको छ् । प्रहरीले दोधारा चा“दनीमा आज लकडाउन उलंघन गर्नेहरुलाई कार्वाही समेत गरेको छ् ।

No description available.

उनिहरु २ घण्टा बढी होल्ड गरेर सम्झाई बुझाई पठाईएको प्रहरीले जनाएको छ् । प्रहरीले दोधारा चाँदनी नगरपालिकाको बिभिन्न स्थानमा ४४ मोटरसाईकल, ४ टेक्टर, १५ साईलकल र लकडाउन उलंघन बिना सित्तै हिड्ने ४४ जना भन्दा बढीलाई २ घण्टा बढी होल्ड गरेर सम्झाई बुझाई पठाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । संक्रमण समुदाय स्तरमा बढ्दै जादा दोधारा चाँदनी नगरपालिका स्थित रहेको ईलाका प्रहरी कार्यालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको छ् ।

No description available.

लकडाउनको बेला बिना कारण घर बाहिर नसिक्न ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले आग्रह गर्दै आएका छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागी लकडाउनलाई थप प्रभावकारी बनाउन दोधारा चाँदनीमा नेपाल प्रहरीको भुमिका अहम देखिएको छ् । प्रहरीले आफ्नो ज्यानको पर्वाह नगरि यति बेला उनिहरु सडकमा भोक भोकै, खाने पानीको अभावमा दोधारा चाँदनीले बजार क्षेत्रमा ड्युटी, मोवाई गस्ती पैदल गस्ती जारी राखेका छन् । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्यामा बृद्धी हुन थालेपछि नेपाल प्रहरीले भिडभाड हुने बजार क्षेत्र, दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा थप कडाई गर्न थालेको छ् ।

 


ताजा समाचार

spot_img