दोधारा चाँदनीमा नगर कोभिड अस्पताल : आज जस्तो देखियो (फोटो फिचर)


दोधारा 

दोधारा चाँदनीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई रुपान्तरण गरि कोभिड अस्पताल बनाईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले कमलशा आधारभुत बिद्यालयलाई आईसोलेसन बनाउने निर्णय गरेपनि भौतिक तथा स्वास्थय उपकरणको समस्याले गर्दा उक्त स्थानमा आईसोलेसन बनाउने कार्य रोकिएको हो ।

No description available.

नगरपालिकाको बैठकले स्वास्थ्य केन्द्र दोधारालाई कोभिड अस्पताल बनाउने र चाँदनी स्वास्थ्य चौकीलाई प्रशुती सेवा लगाएत अन्य सेवा प्रदान गरि स्थानियहरुको जिउधनको रक्षा गर्ने निर्णय गरे संगै स्वास्थ्यकर्मीहरुले दोधारा चाँदनी नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वन गर्न तयारी अघि बढाएका छन् ।

No description available.

कोभिड अस्पतालमा चाहिने आवश्यक सामग्री खरिद तथा ब्यवस्थापन कार्य गर्दै आएका छन् । कोभिड अस्पताल सुरुको दिनहरुमा ५ सय्याको बनाउने आवश्यकता अनुसार थप्दै १० सय्याको बनाउने नगरपालिकाको योजना रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए ।

No description available.

‘आवश्यकता अनुसार बिरामीहरुको लागी बेड थपदै जानेछौ’ दोधारा चा“दनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । कोरान संक्रमित बढ्दो क्रममा रहेकाले यसलाई मध्यनजर गर्दै अस्पताललाई सुबिद्या सम्पन्न बनाउने योजनामा रहेको उनको भनाई रहेको छ् ।

No description available.

No description available.

No description available.

No description available.


ताजा समाचार

spot_img