भीमदत्त नगरपालिकालाई माईती नेपालले दियो स्वास्थ्य सामग्री


कञ्चनपुर

माईती नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिकालाई स्वास्थ सामग्री सहयोग गरेको छ । पछिल्लो समय बढदै गएको कोरोना भाईरसका बिरुद्ध नगरपालिकाले गरिरहेको क्रियाकलापमा सहयोग पुगोस् भन्ने उद्धेश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको हो । मंगलबार बिहान नगरपालिका पुगेर माक्स एक हजार पिस, सेनिटाइजर २० थान, ग्लोब्स ५ प्याकेट, फेसशिल्ड एक सय थान नगर प्रमुख सुरेन्द्र बिष्टलाई हस्तान्तरण गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वर भट्टले बताइन् ।

बिगतका दिनहरुमा समेत कोारेना संक्रमणको बेला स्थानियहरुलाई उनिहरुकै घर नजिकमा गएर पोशिलो खाना खुवाउने कार्य माईती नेपाल कञ्चनपुरले गर्दै आएको हो । सिंगो विश्वनै कोरोना भाइरसले आक्रान्त बनेको वर्तमान परिस्थितिमा नगरपालिकाका तर्फबाट फ्रन्टलाईनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी र कर्मचारीहरुलाई थोरै भएपनि आफ्नो संस्थाबाट राहात होस् भन्ने अभिप्रायका साथ सहयोग गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । यस्तो माहामारीको बेलामा सबैले आफुले भ्याएको जती मानविय कार्यमा सहयोग गर्नु आवश्यक रहेको उनको भनाई रहेको छ् ।

कोरोना संक्रमणको कारण दिनदिनै ज्यान गईरकेो अवस्थामा आफु र आफ्नो संस्थाले क्षमता अनुसार आगामी दिनहरुमा समेत सहयोग गर्ने माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले प्रतिबद्धता जाहेर गरेका छन् । स्वास्थ्य सामग्री बुझ्दै भिमदत्तका नगर प्रमुख बिष्टले कोरोनालाई पराजित गर्न सम्पूर्ण नगरबासीको साथ र सहयोग आबश्यक रहेको बताए । सबैको सहयोगले महामारीलाई सजिलै जित्न सकिन्छ भन्दै उनले भने– ‘भीमदत्त नगरपालिका कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर भएर लागेको छ ।’ उनले स्वास्थ्य सामग्री सहयोग गर्ने संस्था माइती नेपाललाई समेत विशेष धन्यवाद दिएका छन् ।


ताजा समाचार

spot_img