दोधारा

दोधारा चाँदनीमा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ् । दोधारा चाँदनी नगरपालिकामा आज ४१ वर्षिय एक पुरुषको कोरोनाका कारण ज्यान गएको हो । महाकाली अञ्चल अस्पतालमा कोरोना संक्रमित भएका केही दिन देखि होम आईसोलेसनमा बस्दै आएका थिए ।

आज बिहान ४१ वर्षीय उक्त पुरुषको कोरोनाका कारण ज्यान गएको दोधारा चा“दनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्टले जानकारी दिए । उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ् ।







