धनगढी
अक्सिजनको हाहाकार भइरहेको अवस्थामा प्राण वायु अक्सिजको जोहो गर्न मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल )नामक संस्था धनगढीका अध्यक्ष भक्तराज जोशीले आर्थिक सहयोग गरेका छन् ।
धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न सञ्चालन गरिएको मेयर कल्याणकारी कोषमा साईन नेपालका अध्यक्ष जोशीले २ लाख ३१ हजारको चेक नगर प्रमुख नृप बहादुर वडलाई हस्तान्तरण गरेका हुन ।
अक्सिजन प्लान्ट निर्माण तथा सिलिण्डर व्यवस्थापनका लागि आफ्नो सानो सहयोगबाट केही सहज होस् भन्दै उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रकम जम्मा गरेको अध्यक्ष जोशीले जानकारी दिए । अध्यक्ष जोशीले यस्तो महाबिपत्तीमा सबैलाई आफ्नो क्षेत्रबाट सक्ने जति सहयोगका लागि एक जुट हुन समेत आग्रह गरेका छन ।
