इन्स्योरेन्स क्लब कंचनपुरद्वारा महाकाली अस्पताललाई आर्थिक सहयोग


कंचनपुर

विश्वमा अहिले कोरोना रोगको महामारीले लाखौं व्यक्तिले ज्यान गुमाई सकेका छन् भने कयौं व्यक्ति अहिले पनि कोरोनाको कहर बाट घरका विस्तारा र अस्पतालहरुमा छटपटाई रहेका छन् । यस्तो अवस्थामा सबैले आ–आफनो ठाँउको लागी, एक जुट भई सानो सानो सहयोग गरे पनि कयौं व्यक्तिको ज्यान बचाउने उद्देश्यले कञ्चनपुरमा रहेका सम्पुर्ण जीवन विमा कम्पनी र निर्जबन विमा कम्पनीमा कार्यरत शाखा प्रबन्धक लगायत सम्पुर्ण कर्मचारीहरुले इन्स्योरेन्स क्लबद्वारा महाकाली अञ्चल अस्पतालका अध्यक्ष कृष्ण जोशी (बोक्सर) लाई रु. ५३ अजार ५ सय ५५ सहयोग गरेका छन् ।

No photo description available.

माहाकाली अस्पतालमा उपचरार्थ बिरामीहरुको लागि बिशेस गरेर काभिड–१९ बाट ग्रस्त भएका जस्ले अक्सिजनको अभाबमा अनाहकमा अफ्नो ज्यान गुमाईराखेका छन, उनीहरुलाई अक्सिजनको कमि नहोस भन्ने हेतुले महेन्द्रनगर क्षेत्रमा रहेका सम्पुर्ण जीवन बिमा कम्पनी र निर्जिबन बिमा कम्पनीमा कार्यरत शाखा प्रबन्धकहरु लगाएत सम्पुर्ण कर्मचारीहरुको विशेष पहलमा इन्स्योरेन्स क्लब कंचनपुरको ‘मानवताको लागि सानो सहयोग’ अभियान अन्तर्गत जम्मा भएको रकम लाई महाकाली अस्पतालका अध्यक्ष कृष्ण जोशी (बोक्सर) लाई क्लबको तर्फबाट एल.ई. सि (नेपाल) लिमिटेडका प्रबन्धक ललित ऐर, गुरास लाईफ इन्स्योरेन्स प्रबन्धक लक्ष्मी भट्ट , सुर्या लाइफ इन्स्योरेन्स प्रबन्धक राम दत्त भट्ट र सनिमा लाइफ इन्स्योरेन्स मर्केटिङ अफिसर गणेश राज जोशीले संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको छ ।

यसरी सबैले आ–आफ्नो तर्फ बाट सहयोग गर्दा कोभिड–१९ सँग लड्ने शक्ति प्रदान हुने र विरामीहरुलाई धेरै भन्दा धेरै बचाउन सहिने विश्वास आफुहरुमा जाग्नुका साथै आफुहरुले सक्दो प्रयास जारी राखेको अस्पतालका अध्यक्ष जोशीले बताउनु भयो । सबै सहयोगी हातहरुलाई धन्यवाद प्रकट गरेका छन् ।


ताजा समाचार

spot_img