बेलडाँडिका युवाले थाले ‘मेरो सहयोग अभियान’ स्थानीय तहलाई वितरण गर्दै आवश्यक स्वास्थ्य सामग्री


कञ्चनपुर,                                                                                                                 विश्वव्यापी रुपमा फैलिएको महामारी ‘कोभिड-१९’ कोरोना भाइरसको दोस्रो भेरिन्टिले दिनप्रतिदिन संक्रमित बढ्दै जाद त्यसबाट नागरिकले अकालमा मृत्युको सिकार बन्नु परेको यो विषम परिस्थितिमा कञ्चनपुर जिल्लाको एक स्थानीय तहका सकृय युवाले ‘मेरो सहयोग अभियान ‘ को थालनी गरेका छन् ।

दाताहरु बाट संकलन भएको आर्थिक रकम दोस्रो दिन
दाताहरु बाट संकलन भएको आर्थिक रकम पहिलो दिन

दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाका सक्रिय युवाहरूले थालनी गरेको मेरो सहयोग अभियानमा विभिन्न दाताहरूबाट आर्थिक सहयोग सङ्कलन भइरहेको छ । आइतबारबाट सुरु गरिएको उक्त अभियानमा पहिलो दिन रु‍. ५४ हजार ५ सय ५५ , दोस्रो दिन ६५ हजार ४ सय ९१ रकम सङ्कलन भएको अभियानका एक अभियन्ता सचिन कठायतले बताउनुभयो । कोभिड १९ को बढ्दो सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ‘मेरो सहयोग अभियान’ थालनी गरिएको उनले बताउनु भो। उनले भने अभियान अन्तर्गत कोभिड-१९ बाट संक्रमण भएका सङ्क्रमित बिरामीलाई अत्यावश्यक अक्सिजनका लागि कन्सन्ट्रेटर समेत छिट्टै हस्तान्तरण गरिने उनले ई-सुदूर दर्पण डट कम लाई जानकारी दिनु भएको छ। यसैका साथै अक्सिजन सिलिन्डर, एन्टिजिन कीट , मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरू खरिद गरी स्थानीय तह मार्फत लक्षित वर्गलाई सहयोग पुर्‍याउनका लागि यो अभियान थालिएको हो ।

निरन्तर सहयोग एकपछि अर्को युवाहरुको आउदै गर्दा उक्त अभियान अन्तर्गत आइतबार बेलडाँडी गाउँपालिका कार्यालयलाई अभियन्ताहरूले बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई ५० थान एन्टीजिन किट हस्तान्तरण गरिएको थियो। त्यस्तै, बेलडाँडीमा रहेको कोभिड आइसोलेसनमा रहेका व्यक्तिहरूलाई केही थान मास्क र स्यानिटाइजर समेत वितरण गरिएको अर्का अभियन्ताले जानकारी गराएका छन् ।

अभियान निरन्तर जारी रहने हुँदा सक्दो सहयोग गर्न सबै पक्षलाई अभियन्ताहरूले अनुरोध गर्नु भएको छ। कोभिड सङ्क्रमणको चेकजाँच गर्न प्रयोग हुने एन्टिजिन किट अत्यावश्यक भएको बेला गाउँपालिकालाई प्रदान गर्नु भएकोमा सबै अभियन्ताहरूलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरिएको थियो।


ताजा समाचार

spot_img