पुनर्वासमा निजि मेडिकलहरुलाई नगरपालिकाको सुझाव

पुनर्वास 

नयाँ भेरियन्ट सहितको कोरोना दोस्रो लहर चलिरहदा कंचनपुरमा उपचारको अभावले कोरोना महामारी झन् बढ्दो छ। दैनिकै कोरोनाले विकराल रुप लिदै गएपछी पुनर्वास नगरपालिकाले आईतबार एक सुचना जारी गर्दै नगर भित्रका निजि मेडिकलहरुलाई अनावश्यक रुपमा टाईफाईड र भाईरल रोग भन्दै औषधि नदिन सुझाव दिएको हो ।

सो जारी सूचनामा कोरोनाका लक्षणहरु देखिएमा तुरुन्त कोभिड अस्पतालमा सम्पर्क गरि स्वास्थ्य सेवा तथा परामर्श लिई आफू पनि बच्न तथा घर परिवार र समुदायलाई पनि महामारीबाट बचाउन अस्पतालले अपिल समेत गरेको छ । हेर्नुस् नगरपालिकाको कोभिड अस्पतालका मेडिकल अधिकृत डा. मोसा तामाङद्वारा हस्ताक्षरित जारी सुचना यस्तो छ ।

ताजा समाचार