कञ्चनपुर

महेन्द्रनगरको सेफर अस्पतालमा भीमदत्त नगरपालिकाले कोडिभ अस्पताल संचालन गर्ने योजना अघि सारेकोछ । कञ्चनपुरमा दिनप्रतिदिन कोरोना संक्रमित बिरामीको मृत्यु र संक्रमण दर बढ्दै गएपछि भीमदत्त नगरपालिकाले आफैले कोरोना रोकथाम एव नियन्त्रणका लागि अस्पताल संचालनका लागि तयारी अघि बढाएको छ । भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले कोरोना महामारी रोकथाम नभएको अवस्थामा नगरपालिकाले सेफर अस्पतालमा कोडिभ अस्पताल सचालन गर्नका लागि स्थलगत अनुगमन गरेको बताए ।

‘हिजो मेयर सावबाटै अस्पतालको बस्तुस्थिती बारे स्थलगत अनुगमन गरिएको छ, ‘उनले भने, ‘अस्पतालको सम्भाव्यता अध्ययन गरेर छिट्टै संचालन गर्ने योजनामा छौँ ।’ भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले नागरिकको जिवन रक्षाका लागि अस्पताल सचालनका लागि पहल भईरहेको बताए । ‘हामीले सेफर अस्पताल संचालनका लागि सम्भाव्यता अध्ययन गरेका छौँ, ‘उनले भने, ‘स्वास्थ्यकर्मी सहित स्वयम मेयर सुरेन्द्र विष्ट ज्यूबाट अनुगमन गरियो, अस्पतालमा संचालकहरुसंग समेत छलफल गरेर अघि बढ्छौँ ।’ सेफर अस्पतालमा संचालक धर्म बहादुर चन्दले स्थानीय सरकारले सेफर अस्पताल सचालन गर्न खोजे दिने बताएका छन । ‘मैले यस अस्पतालमा गत बर्ष नै महाकाली अस्पतालसंग कोरोना अस्पताल बनाऔँ भनेको थिए, मानेन, ‘उनले भने, ‘यस बर्ष पनि एक महिना पहिले नै भीमदत्त नगरपालिकासंग कोरोना अस्पताल संचालनका लागि प्रंस्ताव लगेको थिए ।’

ज्नताको जिवन सुरक्षाका लागि आफुले उक्त अस्पताल सरकारलाई दिने बताए । ‘राम्रो काममा लागि म अस्पताल दिन तयार छु, ‘उनले भने, ‘संचालन गरिदिनु प¥यो त ।’ एक सय बेड क्षमता रहेको अस्पतालमा हाल ६५बेड रहेका छन । सेफरलाई छुट्टै कोरोना अस्पताल निर्माण गरेसंगै महाकाली सहितका अन्य अस्पतालमा अरु रोगका बिरामीको उपचारमा टेवा पुग्नेछ ।
कोरोनाका बिरामीको उपचार एव महामारी परास्थ गर्नका लागि भीमदत्त नगरपालिकाले यस अघि पिसिआर मेसिन खरिद गरेर महाकाली अस्पतालमा दिएको थियो । कोरोना चेन तोड्नका लागि गत बर्ष नै नेपाल प्रवेसद्वार गडडचौकीमा हेल्थडेस्क स्थापना गरिएको थियो । दोस्रो लहरमा देखिएको कोरोना महामारीका बेला समेत नगरपालिकाले महाकाली अस्पतालमा २०लाख नगद दिएको थियो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले महामारीलाई परास्थ गर्नका लागि सबैले आ–आफ्नो ठाँउबाट भूमिका निर्वाहमा जोडदिदै आएका छन ।






