महामारीमा कालोबजारी गर्ने बिबि मार्टका संचालक सहित कामदार पक्राउ


कञ्चनपुर

लकडाउन बेला कालोबजारी गर्ने महेन्द्रनगरको बिबि मार्टका संचालक एक कर्मचारी पक्राउ परेका छन । आइतबार कञ्चनपुर प्रहरीले बिबि मार्टका संचालक दिपेन्द्र सिह ऐरी र कामदार विपिन बोहरालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले निषेधाज्ञामा गैर कानुनी काम गरेकाले उनीहरु बिरुद्ध संक्रमात्मक रोग ऐन अनुरुप कार्बाही गरिने बताए ।

महामारीका बेला नागरिक ठाँउका ठाँउ मरिरहेका बेला कालोबजारी गर्ने , स्वास्थ्य सुरक्षा मापदण्ड उलङघन गर्दै पैशाका पछि दौडिने कालोबजारी गर्ने, गैर कानुनी धन्दा संचालन बिरुद्ध प्रहरीले कार्बाही चलाईरहेको छ । लकडाउनमा प्रहरीको कामको नागरिकले उच्च प्रंसंसा गरेका छन । महामारीका बेला जनताको सुरक्षाका लागि फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मीलाई सहयोगका लागि समेत नागरिक समाजले आग्रह गरेको छ । कञ्चनपुर प्रहरीले लकडाउनको पालना गर्दै आफु, परिवार समाज बचाउन भूमिका निर्वाह गर्न आब्हान गर्दै आएको छ ।


ताजा समाचार

spot_img