कोरोनाको ‘हटस्पट’ बन्दै दोधारा चाँदनी


दोधारा 

संसारभर कोरोना भाईरस (कोभिड १९) दोस्रो लहरको भय उत्कर्षमा छ् । सन् २०१९ डिसेम्बरमा छिमेकी मित्रराष्ट्र चीनको वुहानलाई इपिसेन्टर बनाएर प्रकट यस प्रकोपको पहिलो लहरले आम विश्व र विशेषत युरोप तथा पश्चिमा राष्ट्रहरु निकै ग्रस्त, कोलाहल अनि कुजिए । हाल दक्षिण एसिया समेत अति आक्रान्त छ् । विश्वव्यापी रुपमा कतै लकडाउन तथा कतै अन्य खालका निषेधाज्ञाले शून्यता, सन्नाटा र सन्त्रास व्याप्त छ् । आधुनिकताको नाममा आडम्बर भित्रको पश्चिमाको खोक्रोपनालाई उदांगो बनाइदियो । पश्चिमाले हामीमा देख्ने कतिपय अव्यवस्था अन्य विविध पक्षले वैज्ञानिक छन् । पूर्वीय सभ्यता र प्रचलन हरेक हिसाबले वैज्ञानिक थियो भन्ने सन्देश समेत विश्वव्यापी बनेको कोरोनाले दिएको छ् ।

नियमित अद्यावधिक गरिएका तथ्यांक तथा पछिल्ला सर्वेक्षण अनुसार अफ्रिका र एसियाका केही देशहरुमा तुलनात्मक कम संक्रमण देखिन्छ तर अवस्था नियन्त्रण बाहिर जान सक्ने सम्भावनालाई भने नकार्न सकिदैन् । यद्यपि आतंकित हुनु भन्दा संयमित बन्दै सचेत भएर सावधानीका उपायहरु अवलम्बन गर्दा यसबाट बच्न सहज नै देखिन्छ् । पछिल्लो पटकको संक्रमणको त्रास भन्दा ज्यान मार्ने प्रकारको संक्रमणले नेपाल–भारतको सिमा संग गाँसिएको दोधारा चाँदनी पनि सन्नाटा र सन्त्रास व्याप्त बढेरको गएको छ् । दोधारा चाँदनी नगरपालिका शुदुरपश्चिमको सबै भन्दा पुछारको नगरपालिका हो । यस नगरपालिकाका स्थानियहरु रोजगारीको लागी भारत जानेको संख्या बढी छ् । नगर क्षेत्रमा बेरोजगारी र खुला सिमा क्षेत्रको कारण भारतमा रोजगारीको लागी आउने जाने समान्य हो । भारतमा कोरोना संक्रमण उचाईमा पुग्दै गर्दा त्यहाको कलकारखाना र उद्योगधन्दा बन्द हुदै गर्दा दोधारा चाँदनी नगरपालिकाका स्थानियहरु रोजगारीको लागी भारत गएका फर्कन आउदा संक्रमणको लहरले दोधारा चाँदनीलाई पनि अछुतो राखेन् ।

दोधारा चाँदनी नगरपालिकाले भारतमा संक्रमणको लहर आउदै गर्दा दोधारा चाँदनी नगरपालिका संग जोडिएको खुला सिमानामा आवात जावत राक्न निर्णय त गर्यो । आएकाहरुलाई कञ्चनपुरको गड्डाचौकी नाकाबाट सबै सुरक्षा जाँच गरेर आउनको लागी आह्वान समेत गरियो । तर कार्यान्वन भने भएको देखिएन् । फलस्वरुप समुदाय स्तरमा संक्रमण बढ्यो । निर्णय कार्यान्वन पक्ष फितलो भएको कारण संक्रमणको लहरले दोधारा चाँदनीलाई छोयो । दैनिक जसो खुला सिमा क्षेत्रमा आवत जावत र मध्यरातमा अबैध कारोवारको कारण संक्रमण फैलिएको एकथरी स्थानियहरुको भनाई रहदै आएको छ् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको खुला सिमा क्षेत्रमा आवत जावत तथा अबैध कारोवारको कारण संक्रमण फैलिएको स्थानियहरुको भन्दै गर्दा कार्यान्वन पक्ष फितलो भएको कारण दोधारा चाँदनी नगरपालिका कोरोना संक्रमणको हटस्पट बन्दै गएको ठहर छ् ।

अहिले सम्म दोधारा चाँदनी नगरपालिकामा ९ जनाको कोरोना भाईरसले ज्यान लिएको छ् । ३ सय भन्दा बढी संक्रमितको डाटा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीको अभिलेखमा छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको एक मात्रै स्वास्थ्य संस्थाले रिफर गरिएको बिरामीहरु अन्य स्वास्थ्य संस्थामा लग्न सकिने अवस्था छैन् । नगरपालिकाले कमलशा आधारभुत बिद्यालयमा निमार्ण गर्ने भनिएको आईसोलेसनमा केही हुन सकेको छैन् । स्वास्थ्यकर्मीहरुले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई कोभिड अस्पताल निमार्ण गर्ने प्रस्ताव अघि बढाएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अक्सिजनको चरम अभाव श्रजना छ् । कोरोना संक्रमणको लागी चाहिने धेरै उपकरण अभावै छ् । तर सरकारले जनताको स्वास्थ्यमा गम्भिर नभएको देखिएको छ् । दोधारा चाँदनी नगरपालिकाले जती तगारुकता साथ जनताको स्वास्थ्य जस्तो बिषयमा गम्भिर हुनु पर्ने हो त्यत्ती नभएको देखिन्छ् ।


ताजा समाचार

spot_img