दोधारा चाँदनीमा एक महिलाको मृत्यु : कोरोनाको कारण मर्नेको संख्या ९ पुगे


दोधारा 

कोरोना संक्रमणको कारण दोधारा चाँदनीमा आज एक महिलाको ज्यान गएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचार गराईरहेका दोधारा चाँदनीका ६५ वर्षिय एक महिलाको कोरोना संक्रमणको कारण ज्यान गएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छ् ।

उनलाई श्वासप्रश्वासको समस्या रहेको थियो । दोधारा चाँदनी नगरपालिकामा अझै सम्म कोरोना संक्रमणको कारण ज्यान जानेको संख्या ९ पुगेको दोधारा चाँदनी नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।


ताजा समाचार

spot_img