महामारीमा वन तस्कर समुह सकृय काठ तस्कर प्रहरीको फन्दामा


कञ्चनपुर

विश्व मानव जगत कोरोना महामारीबाट आक्र्रान्त बनेको छ । दक्षिण एसिया नेपाल भारतमा पनि कोरोना महामारीले उच्च रुप लिएको छ । कञ्चनपुर सहित नेपालका विभिन्न जिल्लामा कोरोना महामारीले मानिसलाई कसरी बाँच्ने चिन्ता छ । तर, प्रकृति संरक्षण समाज विरोधी समुह भने वन तस्करमा संकृयछन । केही काठ तस्करलाई प्रहरी र निकुञ्ज प्रशासनले फन्दामा लिएको छ । महामारीको मौका छोपी कञ्चनपुरका केही काठ तस्कर समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालझाडी वन क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थामा प्रहरीले कृष्णपुर नगरपालिका तीन युवक सहित काठ नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले तीन काठ तस्कर सहित काठ बरामद गरेको बताए । उनका अनुसार प्रहरीको टोलीले ७.६१क्यूफिट सालको काठ सहित तीन युवक पक्राउ गरिएका छन । कृष्णपुर नगरपालिका ७का सागर ताम्राकार, सुरज ताम्राकार र रोशन ताम्राकारलाई पक्राउ गरिएको छ । प्रवक्ता थापाका अनुसार उनीहरुलाई वनमा बुझाईको छ ।

प्रहरीले भीमदत्त नगरपालिका ६ऐठपुरबाट विष्टडेरबाट अवैध मदिरा बरामद गरेको छ । महामारीका बेला डेरी संचालकहरुले यसरी मदिराको कारोबार गर्न लागेको भन्दै यस्ता समुह व्यक्तिमाथि कार्बाहीको माग अघि सारिएको छ ।

यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले दोधाराचाँदनी नगरपालिका १ का सातकाठ तस्कर सहित १०.७५क्यूफिट काठ बरामद गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीले मध्यवर्ती क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थमा दोधाराचाँदनी नगरपालिका १का करन सिह धानुक, राजेन्द्र सुनार, रमेश सुनार, दत्त सुनार, गोपाल सुनार, शंकर लुहारलाई पक्राउ गरिएको बताए । उनका अनुसार महामारीका बेला चोरी तस्करी रोक्नका लागि गस्ती बढाईएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले महामारीका बेला संरक्षण बिरोधी गतिबिधी रोक्नका लागि वनले कर्मचारी सहित समुदाय वनलाई क्रियाशिल बनाएर संरक्षणका काममा जुटेको बताए । उनका अनुसार निगयमित गस्तीदेखि वन अतिक्रमण क्षेत्र हटाउने काम भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ बेदकोटका अध्यक्ष राजुराम सार्की(भूल)ले मानविय विपद्का बेला वन र वन्यजन्तुमाथि खेलवाड गर्ने जो सुकैलाई पनि कार्बाही गर्नुपर्नेमा जोडदिए । वन तस्करमाथि सरकारले कडाई गर्नुपर्नेमा जोडदिदै उनले वन महांघले समेत चोरी तस्करी नियन्त्रणका लागि आ–आफ्नो तर्फबाट भूमिका निवाह गर्नुपर्ने सुझाव दिए ।

गत बर्षपनि लकडाउनका बेला वन, वन्यजन्तु तस्करले आँचाल्ली गरेका थिए । संरक्षणकर्मीले महामारीका बेला मानिसलाई अक्सिजन दिने रुख, बिरुवा जैविक विविधता नास गर्ने व्यक्ति समुह कोरोना भाईरस भन्दा भयानक भाईरस भएकाले यिनीहरुको सफाया गर्नुपर्नेमा जोड दिएका छन ।


ताजा समाचार

spot_img