उपचार पछि निको भएर घर फर्केकाले भने ‘डाक्टर चौधरी मेरो लागी भगवान हुन्’


दोधारा 

डाक्टरलाई भगवानको अर्को रुप भन्ने गरिएको छ् । उनीहरुले कसैको जीवन बचाउने काम गर्छन त्यस कारण उनीहरु भगवान हुने गर्दछन् । अहिले बिश्वमै कोरोनाको महामारीले आक्रान्त छ् । सबै अस्पतालहरु कोरोना अस्पातल भईसकेको छ् । स्वास्थ्य संस्थामा आपिडी सेवा लगाएत सबै सेवा ठप्प गरेर कोरोना संक्रमणको रोकथान, नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मी लागी परेका छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको एक मात्रै स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र पनि अघोषितरुपमा कोरोना अस्पताल बनेको छ् ।

समुदाय स्तरमा संक्रमण बढ्दै गएकोले स्वास्थ्य केन्द्रमा कोरोना बिरामीहरु थपिदै गएका छन् । अन्य स्थानमा बिरामीहरुलाई लगेर उपचार गर्ने अवस्था छैन् । स्वास्थ्य केन्द्रमा अक्सिजन लगाएत उपचारमा प्रयोग हुने उपकरणको अभाव श्रजना भएको छ् । यसै बिच प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिगत लामो समय देखि नगरबासीले मन पराएको डाक्टर गगन चौधरी कोरोना बिरामीहरुको उपचारमा आफ्नो ज्यानको पर्वाह नगरि चौबिसै घण्टा खटिदै आएका छन् । डाक्टर चौधरी र उनका टिमले आज दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का ६५ वर्षिय एक पुरुष १२ दिनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचार निको बनाएर घर फर्काएका छन् । उनको स्वाश्व प्रस्वासमा निकै समस्या देखिएको थियो । उनको चेक जाँचमा कोरोना संक्रमण देखा परेपछि स्वाथ्य केन्द्रमा उनको उपचार थालिएको हो । स्वास्थ्य केन्द्रमा आउदाका दिनहरुमा उनको स्वास्थ्य अवस्था निकै नाजुक थियो ।

अक्सिजन बिना बा“च्न नसक्ने अवस्थाका ति पुरुषले डाक्टर गगन चौधरी र उनका टिमका कारण नयाँ जिवन पाएको बताउछन् । ‘डाक्टर चौधरी र उहाँको टिमका कारण मैले नयाँ जिवन पाए । मेरो लागी डाक्टर चौधरी भगवान हुन’ ति पुरुषले पंक्तीकारलाई भने । घर जाने बेला उनले डाक्टर चौधरीलाई ढोक गर्न समेत छाडेनन् । आँखा भरी आंशु पुछ्दै उनले भने– ‘अब त म पुर्णरुपमा निको भए डाक्टर चौधरीले मलाई बचाएर लगाउका गुन कसरी तिर्ने होला ?’ डाक्टर कसैको जीवन बचाउन सफल भएमा धेरै खुःशी हुन्छ त्यो खुःशी डाक्टर गगन चौधरीमा देखिएको थियो ।


ताजा समाचार

spot_img