कञ्चनपुर,

अक्सिजन नपाएर कञ्चनपुर सहित देशभरीका नागरिक धमाधम मरिरहेका छन । तर, सरकारलाई भने सत्ता टिकाउन, बधाई लिन र सपथ खानमै ठिक्क समय भएको छ । शुक्रबार पनि कञ्चनपुरका १० नागरिकले ज्यान गुमाएका छन ।

महाकाली, इसान मेमेरियल, सेती सहितका अस्पताल तथा होम आईसोशन गरि १० नागरिकले ज्यान गुमाएका छन । स्वास्थ्य कार्यालयका अनुसार भीनपा ६का ६० बर्षिया पुरुष, भीनपा १८का ४८ र ६९ बर्षिया पुरुष,बेलौरी १० र ५का ६५ र ७०बर्षिय महिला पुरुष, पूनर्वास ६का ३८ बर्षिया, गोदाबरी नगरपालिका ६५ बर्षिया पुरुष सहितले ज्यान गुमाएका छन । महाकाली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अक्सिजन आपूर्तिका लागि प्रदेश र संघीय सरकारलाई भन्दा पनि कुनै पहल नहुँदा अक्सिजनको हाहाकार भएको बताए ।

महाकाली अस्पतालमा अक्सिजन आपूर्ति गर्दै आएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले सरकारले अक्सिजन प्लान्ट निर्माण गर्न तदारुकता देखाउनुपर्नेमा जोडदिदै नदिए निजी क्षेत्रले बनाउन पहल गर्ने बताए । नागरिक समाज कञ्चनपुरका अगुवाहरुले सरकारलाई नागरिक मर्दा मतलब नहुने कमिसन, सत्तामै लिप्सा भईरहेकाले सरकार जनताप्रति उत्तरदायी नभएको बताएका छन । तर, सरकारले भने अक्सिजन आपूर्ति गरिरहेको दावि गर्दै आएको छ ।






