दोधारा

लकडाउन भएकोले आम नागरिक घर भित्रै छन् । तर, नेपाल प्रहरी भने लकडाउनलाई सफल बनाउन सडकमा खटिएका छन् । लकडाउनलाई पुर्णरुपमा पालन गर्न गराउन दोधारा चाँदनी नगरपालिकामा प्रहरीको काँधमा छ् । प्रहरीले आफ्नो ज्यानको पर्वाह नगरि यति बेला उनिहरु सडकमा छन् । ईलाका प्रहरी कार्याल दोधारा चाँदनीले बजार क्षेत्रमा ड्युटी, मोवाई गस्ती पैदल गस्ती जारी राखेका छन् । दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्यामा बृद्धी हुन थालेपछि नेपाल प्रहरीले भिडभाड हुने बजार क्षेत्र, दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा थप कडाई गर्न थालेको छ् । दोधारा चाँदनमिा नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता प्रहरीमा रहेको प्रष्ट अनुहारमा देखिन थालेको छ् ।

सर्वसाधारणको चिन्तालाई आत्मसाथ गर्दै हरेक क्षण सडकमै रहेर आफुले पाएको जिम्मेवार ईमान्दारीका साथ निभाउदै प्रहरीले सरकारले लागु गरेको लकडाउनको पुर्ण रुपमा पालना गराउदै सडकमा निस्केका सवारीसाधनको चेकजाँचमा कडाइ गर्दै घरमै बस्न आग्रह गर्दै आएको छ् । कोरोनाको उच्च जोखिममा रहेका अवस्थामा नेपाल प्रहरीको पिडा पनि उस्तै छ् । २४ घण्टा सडकमा खटिने प्रहरीलाई कोरोनाको भन्दा पनि नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता देखिन्छ् । सर्वसाधारणको चिन्तालाई आत्मसाथ गर्दै हरेक क्षण तैनाथ रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक भरत राज गिरीले जानकारी दिएका छन् ।

आफूहरु रात बिहान नभनी सर्वसाधारणको लागि खटेको भन्दै उनले घरमै बसिदिन सबैमा आग्रह गर्दै आएका छन् । सरकारबाट भएका निर्णयहरु पूर्ण रुपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र अनुमती तथा अतिआवश्यक बाहेक सवारी साधन नचलाउन र कोरोना संक्रमणको चैन तोड्न सहयोग गरिदिन सर्बसाधारणलाई घरबाट ननिस्कन समेत ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सम्पुर्ण आम नागरिकलाई आग्रह गर्दै आएको छ् ।






