कञ्चनपुर

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यही वैशाख ३० गते अवैध मदिरा र काठ बरामद गरेका छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भी न.पा.–६ त्रिबेणीचौक बस्ने वर्ष ३७ की बसन्ती बिष्टले सञ्चालन गरेको बिष्ट डेरीबाट अबैध रुपमा राखिएको बिभिन्न कम्पनीका मदिरा जसमा कर्णाली डिलक्स, डाईमण्ड, रंगोल, स्टोङबियर, टुबोर्ग बियर,अर्ना बियर र ८८४८ बरामद गरेको छ । बरामद गरीएको समान र डेरी सञ्चालक दुवैलाई आन्तरिक राजस्व कार्यालय कञ्चनपुर पठाएको छ ।

यसै गरि सोही मितिमा बिशेष सुचनाको आधारमा कृष्णपुर ७ बस्ने वर्ष १८ को सागर तम्राकार,.वर्ष १९ को सुरज तम्राकार र वर्ष १८ को रोसन तम्राकारलाई कृष्णपुर न.पा. ८ मजगाई स्थित अबैध सालको काठ ७.६१ क्यु फिट काठ लगी रहेको अबस्थामा फेला पारी आवश्यक कार्वाहीको लागी आजसब डिभिजन कार्यालय पिपरिया पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।







