लकडाउनमा सर्वसाधारणहरु भन्दा तस्करलाई नियन्त्रण गर्न प्रहरीलाई सकस

पुनर्वास

जिल्ला प्रशासन कार्यालय कंचनपुरले जारी गरेको पुर्ण लकडाउन पुनर्वासमा सर्वसाधारणले मान्य गरेपनि तस्करहरुले उल्लंघन गर्ने गरेको पाईन्छ । देशभर फैलिएको नयाँ भेरियन्ट सहितको दोस्रो कोभिड लहरका कारण देश पुर्ण लकडाउन भइ अत्यावश्यक काम बाहेक एक ठाउँबाट अर्को ठाउँ जान मान्छेहरुलाई निकै असहज अवस्था देखिएपनी तस्करलाई भने सहज नै देखिन्छ ।

बारम्बार नेपाल प्रहरी र सशस्त्र प्रहरीले मालसामान बेवारिसे अवस्थामा नियन्त्रण लिएको भन्दै तस्करहरुलाई व्यवहारिकतामा छाड्ने आफ्नै लचकताले अहिले सर्वसाधारणहरु भन्दा तस्करलाई नियन्त्रण गर्न प्रहरीलाई निकै सकस पर्ने गरेको स्थानीयहरुको गुनासो छ । त्यस्तै आज (शुक्रबार ) ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीले पुनर्वास-४ स्थित आई.बी.आर.डी देखि अंशुबर्मा जाने सडक खण्डबाट बेवारिसे अवस्थामै सात क्यारेट भारतीय सेतो अण्डा नियन्त्रणमा लिई अस्थायी प्रहरी पोष्टआई.बी.आर.डीमा नष्ट गरिएको प्रहरी सहायक निरीक्षक बिष्णु सिह धामीले जानकारी दिए । फेरि अण्डा मात्रै नियन्त्रण भएपछि स्थानीयहरु प्रहरीले मालसामान समात्छन तर तस्करलाई भने किन समात्दैनन ?

असमात्नुमा वास्तविकता के रहेछ त ? भन्दै अनेकौं टिकाटिप्पणी सहित प्रहरी प्रशासन माथी प्रश्न तेर्साउदै आएका छन् । त्यसकारण प्रहरी प्रतिको उक्त आरोप मेटाउन प्रहरीले मालसामान मात्रै हैन तस्कर पनि पक्रन जरुरी देखिन्छ । यसले तस्करी र संक्रमण दुवै रोकिने उनीहरूको बुझाई छ ।

ताजा समाचार