काठमाडौं
विहीबार राति राष्ट्रपतिद्वारा नेपाल कम्युनिष्ट पार्टी(एमाले)को संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छिन् ।

वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत गुमाए पछि ओली पदमुक्त भएका थिए । वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजे सम्म आह्वान गरेको समयसीमाभित्र काँग्रस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठुलो दलको हैसियतले ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा बढी सदस्य भएको दलको हैसियतमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । सपथ ग्रहण ३१ गते शुक्रबार हुने छ ।

