कञ्चनपुर
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज दिउसो २ बजे भीनपा १३ वडैपुर स्थित महाकाली नदीमा पुरुषको शव फेला पारेको छ ।
कालोमा रातो धर्का भएको भेष्ट र नाइक लेखिएको कालोमा सेतो बुटा भएको ट्रयाक लगाएको उचाई ५ फिट ९ ईन्च, वर्ण कल्साउलो, मझौला शरिर भएको लामो दाही भएको अन्दाजी ४०–४५ वर्षको नाम, थर र ठेगाना नखुलेको शव भेटाएको
छ ।
उक्त शवको घटनास्थलमा जाँच लगायतको अनुसन्धान कार्य पुरा भई हाल महाकाली अस्पतालको शव गृहमा राखिएको छ । कुनै व्यक्ति हराएको वा माथि दिएको हुलिया भएको व्यक्तिको बारेमा सोधपुछ गर्नु परेमा जिल्ला प्रहरी कार्यालय कञ्चपुरमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।







