दोधारा

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि भए संगै प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चा“दनीमा संक्रमित संख्या बढ्न थालेका छ् । उनिहरुमा अक्सिन सिलिण्डरको अभावले प्राथमिक स्वास्थ्य केन्द्र प्रशासनलाई समस्या देखा गर्दै अवस्थामा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले अक्सिजन सिलिण्डर संकलन कार्यलाई तिब्रता दिएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नगर क्षेत्रमा रहेका हाल सञ्चालन नभएका उद्योग कलकार खाना, वर्कशप, कवाडी संकलन केन्द्र, घर लगाएत क्षेत्रबाट अक्सिजन सिलिण्डर संकलन गरि प्राथमिक स्वास्थ्य केन्द् दोधारालाई प्रदान गर्दै आएको छ् । केही दिन अघि मात्रै प्रहरीले ३ थान अक्सिजन सिलिण्डर संकलन गरि प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई प्रदान गरेको थियो भने आज २ थान अक्सिजन सिलिण्डर संकलन गरि हस्तान्तरण गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।


कोरोना भाइरसको संक्रमण तीव्र भईरहेको अवस्थामा अक्सिजन सिलिण्डर चरम अभाव रहदै आएको अवस्थामा ईलाका प्रहरी कार्यालयले स्थानिय क्षेत्रबाट संकलन गरेर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रदान गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । ‘ईलाका प्रहरी कार्यालयले अझै सम्म ५ थान अक्सिन सिलिण्डर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरेको छ्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीका अनुसार संकलन कार्य जारी राखेको बताएका छन् । उनले कसैको कलकार खाना, वर्कशप, कवाडी संकलन केन्द्र, घर लगाएत क्षेत्रमा खाली अक्सिन सिलिण्डर भए उपलब्ध गराईदिन अपिल समेत ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले गर्दै आएका छन् ।


दोधारा चाँदनी नगरपालिका निवासी धिर प्रताप पाँण्डे र संदिप उपाध्यायले उक्त अक्सिजन सिलिण्डर प्रहरीलाई उपलब्ध गराएको बताईएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अक्सिजन र अक्सिजन सिलिण्डरको अभाव भएको बेला नेपाल प्रहरीले गरेको मानविय कार्यलाई स्थानियहरुले प्रशंसनिय बताएका छन् । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी प्रशासनले संकलित अक्सिजन सिलिण्डरलाई रिफिल गर्न आजै नेपालगञ्ज पठाईने तयारी भईरहेको बताएको छ् ।






