बिपदमा रचनात्मक भूमिका : कोरोना कहरका फ्रन्टलाइनर्सहरुलाई सामाजसेवी भिम कुमालको सहयोग


दोधारा 

विश्व कोरोना भाइरसका कारण निम्तिएको संकटबाट गुज्रिरहेको अवस्था छ् । यो अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अग्रपंक्तिमा खटेर काम गरिरहेका छन् । बिभिन्न सञ्चारमाध्यमहरु तथा सामाजिक सञ्जालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको निकै प्रशंसा हुदै आएको छ । कोरोना संकट विरुद्धको लडाईमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु सबै भन्दा अगाडी देखिएका छन् । तर उनीहरु संगै कार्यरत अरु कर्मचारीहरुको पनि गहन भुमिका निर्वाह छ् । तल्लो दर्जाका सिपाही, नर्स, ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि दिन रात नभनी खटिएका छन् ।

No description available.

अझै संक्रमितको सबै भन्दा नजिक भएर काम गर्ने ल्याबका कर्मचारीहरुले त झनै ठुलो भुमिका निर्वाह गरेका छन् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र र ईलाका प्रहरी कार्यालयमा स्वास्थ्य सामग्री तथा खाने पानीको अभाव भए संगै दोधारा चाँदनी नगरपालिका निवासी तथा सामाजसेवी भिम कुमालले फेरी पनि उनिहरुलाई सहयोग गरेका छन् । भिम कुमाल दोधारा चादनी नगरपालिकामा ब्यक्तीगतरुपमा सबै भन्दा बढी सहयोग गर्ने ब्यक्ती हुन् । नगर क्षेत्रमा ब्यक्तीगतरुपमा कोरोना संक्रमणको बेला दाताकोरुपमा परिचित नाउ भिम कुमाल हो । आज ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई १० पेटी मिनरल वाटर, ५ थान सर्जिकल मास्क र ग्लब्सहरु उनले हस्तान्तरण गरेका छन् । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीलाई खाने पानीको अभाव भए संगै १० पेटी मिनरल वाटर हस्तान्तरण गरेको दोधारा चादनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

No description available.

सामाजसेवी कुमालले दोधारा चाँदनी नगरपालिकामा क्रियाशिल पत्रकार पप्पु गुरुङ्गलाई समेत स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेका छन् । बिगतका दिनहरु देखि सामासेवी भिम कुमालले आफ्नो ब्यक्तीगतरुपमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा दोधारा चाँदनीमा सहयोग गर्दै आएका छन् । केही दिन अघि मात्रै पनि भिम कुमालले कारोना संक्रमण नियन्त्रण तथा रोकथाममा अग्रपंक्तीमा रहेर कार्य गर्दै आएका ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई मिनरल वाटर र स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । बिपदका बेला सामाजसेवी भिम कुमालले आफ्नो ब्यक्तीरुपमा सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै सहयोग गर्दै आएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले बताएका छन् ।ईलाका प्रहरी कार्यालयलाई १० पेटी मिनरल वाटर, ५ थान सर्जिकल मास्क र ग्लब्सहरु सामाजसेवी भिम कुमालबाट सहयोग गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले बताएका छन् । केही दिन अघि पनि सामाजसेवी भिम कुमालले पानी र स्वास्थ्य सामग्री समेत सहयोग गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीको भनाई रहेको छ् ।

‘सामाजसेवी भिम कुमालजी ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा कोरोना संक्रमणलाई रोकथाम नियन्त्रण गर्न राम्रो सहयोग गर्नुभएको छ्’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले भने । यस्तै दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बिगतका दिनहरुमा कोरोना कहरको बेला समेत दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ब्यक्तीगतरुपमा सबै भन्दा बढी सहयोग गर्ने ब्यक्तीकोरुपमा परिचित सामाजसेवी भिम कुमाल रहेको बताउदै बिपदको यस घडीमा पनि कोरोना रोकथाम तथा नियन्त्रणका फ्रन्टलाइनर्सहरुलाई सामाजसेवी भिम कुमालले कोरोना संक्रमणको चैन तोड्न तथा उनिहरुको स्वास्थ्यलाई जोगाउन सहयोग गर्दै आएको बताए । ‘मानवको अस्थित्व संकटमा रहेको बेला सामाजसेवी कुमालको सहयोग अतुलनिय छ्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने ।

कोरोना भाइसर संक्रमण रोक्न र फैलिन नदिन ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका स्वास्थ्यकर्मीहरु अहोरात्र खटेर आफ्नो गहन भूमिका, जिम्मेवार ढंगबाट पुरा गर्दै आएको अवस्थामा आफुले मानविय धर्मको आधारमा थोरै भएपनि सहयोग गर्ने प्रयत्न गरेको सामाजसेवी भिम कुमालले बताएका छन् । ‘कोरोना संक्रमणको सन्त्रास आम नागरिक, समुदाय सबै तिर हुदै गर्दा नेपाल प्रहरी र स्वास्थ्यकर्मीहरुले निकै उदाहरणिय कार्य गर्दै आउनुभएको छ् । माहामारीको यस घडीमा सबैले आफ्नो ताप्काबाट हुने सहयोग गर्नु पर्छ’ सामाजसेवी भिम कुमालले भने । यस्तै सामासेवी कुमालले प्राथमिक स्वास्थ्य केन्द्रमा आजै बिरामी र बिरामी कुरुवाहरुलाई सर्जिकल मास्क समेत बितरण गरेका छन् । उनले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी संग समन्वय गरि अक्सिजन सिलिण्डर संकलन कार्यमा समेत उनले सघाउदै आएका छन् । यस्तो बिपद्को घडीमा ब्यक्तीगतरुपमा कोरोना रोकथाम तथा नियन्त्रणका फ्रन्टलाइनर्सहरुलाई सहयोग गर्दै आएको भन्दै स्थानियहरुले सामाजसेवी कुमाल प्रति खुशी ब्यक्त गरेका छन् ।


ताजा समाचार

spot_img