कञ्चनपुर
मोटरसाईकल र ट्याक्टर दुर्घटना हुँदा मोटरसाईकल सवार दुई जनाको मृत्यु भएको छ । कृष्ण्पुर नगरपालिका ६ का वर्ष ३० सुरज जप्रेल र ८ का वर्ष २८ प्रकाश रोकायाको आज दिउसो १ बजे मौरीफाँटामा दुर्घटना हुदाँ मृत्यु भएको हो ।

से १ प ४४४१ नं.को ट्याक्टरले से.३ प ३००५नं.को मोटर साईकललाई ठक्कर दिदा प्रकाश रोकायाको घटना स्थल मैं मृत्यु भएको हो भने सुरज जप्रेलको उपचारको लागि धनगढी लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ, दुर्घटनमा मृत्यु हुने दुवैको शवलाई पोष्टमार्टमको लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा राखीएको छ भने थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो ।









