कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वारा महाकाली अस्पताललाई ५१ हजार ५ सय रुपैया सहयोग


कञ्चनपुर
कञ्चनपुर उद्योग वाणिज्य संघमा उपाध्याक्ष तथा विणा ईम्पेक्सका प्रोपराईटर मदन राज पन्तले महाकाली अस्तताललाई कोरोनाको कहर बाट मानिसहरुको मृत्यु हुन बाट जोगाउन र अक्सिजनको सहज रुपमा उपलब्ध गराउने उद्देश्यले रु ५१ हजार ५ सय सहयोग गर्नु भएको छ । सहयोग राशी महाकाली अञ्चल अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी बोक्सरलाई हस्तान्तरण गर्नु भएको छ ।

May be an image of 1 person, standing, outdoors and text that says "महा চाली अस्पताल प्रशासन भवन"

यस्तो विपतको बेलामा गरेको सहयोगले धेरैको ज्यान जोगाउन मद्दत मिल्नुका साथै सबै सहयोगी दाताहरुलाई महाकाली अञ्चल अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशीले धन्यवाद दिनुको साथै सबैले यस संकटको घडीमा हातेमालो गरी सबैले सबैलाई सहयोग गरी कोरोना सँग लडनु पर्ने बताउनु भयो । अहिले हामी मुस्कीलको घडीको सामना गरी रहेका छौं । यस्तो बेला सबैलाई पिडा भएको छ तर पिडालाई भुलि हामी सबैले यस संकटको घडीको सामना गर्नुको विकल्पन नरहेकोले सबैले आफुले सक्दो सहयोग गर्न समेत अध्यक्ष जोशीले अपिल गर्नु भयो ।

No photo description available.


ताजा समाचार

spot_img