कञ्चनपुर,

कोरोना महामारीले कञ्चनपुरमा भयाभहको अवस्था सृजना गरेको छ । दैनिक मृत्युदर कम हुनुपर्ने भएपनि बढिरहेको छ । सरकारले कोरोना रोकथामका लागि पूर्व तयारी नगरेका कारण ज्यान लिनेको संख्या उल्लेख्य रुपमा बृद्धि भईरहेको छ ।

सोमबार पनि कञ्चनपुरका आठ जनाले ज्यान गुमाएका छन । सात जना महाकाली अस्पताल एक सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । सेती अस्पतालमा दोधाराले एक युवकको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार सात जनाले ज्यान गुमाएका छन । भीमदत्त नगरपालिका ३, बेदकोट नगर १, बेलौरी नगर १ र पूनर्वास नगरपालिका २जनाले ज्यान गुमाएका छन । सोमबार १सय ८१मध्ये १३०जना कोरोना जितेर घर फर्किएका छन । यस्तै कञ्चनपुरका जनप्रतिनिधीले कोरोना रोकथामका लागि अक्सिजन प्लान्ट निर्माणका लागि एकमत भएका छन ।

सोमबार जिल्ला समन्वय समिति कञ्चनपुरमा बसेको बैठकले यस अघि महाकाली अस्पतालमा पिसिआर मेसिन र्संचालनका लागि गाँउपालिकाले ५लाख र नगरपालिकाले १०लाख दिने निर्णय यथाशिघ्र कार्यान्वयन गर्ने र अक्सिजन प्लान्ट जडानका लागि सबै पालिकाका वडाहरुले २लाखका दरले आर्थिक सहयोग गर्ने एकमत भएका हुन । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले कोरोना रोकथामका लागि जिल्लाका जनप्रतिनिधी एकमत भएको र युद्धस्तरमा काम गर्ने प्रतिबद्धता सहित गम्भिर भएको बताए ।






