ओलीले पाएनन विश्वासको मत, ओली सरकार ढल्यो

प्रतिनिधि सभाको आगामाी बैठक बैसाख ३० गते बस्ने


काठमाडौं

आज भएको विश्वासको मत लिने प्रस्तावमा संसदबाट ओलीले बहुमत प्राप्त गर्न सकेनन् त्यस सँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् भने उनी नेतृत्वको सरकार ढलेको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ, १५ जना तटस्थ बसेका छन् । सोमबारको बैठकमा कुल २३२ सांसद उपस्थिती रहेका थियो ।

प्रस्तावको पक्षमा आएको ९३ मत  प्रतिनिधिसभामा रहेको उपस्थिति संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । प्रतिनिधि सभाको बैठक बैसाख ३० गते सम्मका लागि स्थगित भएको छ ।


ताजा समाचार

spot_img