बालबालिकालाई गैर कानुनी रुपमा ईटाभट्टामा श्रमिक नबनाउन वाईसियलको माग


कञ्चनपुर,

नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्यनिष्ट लिग(वाईसियल)ले बालबालिकालाई ईटाभट्टा जस्ता कुनैपनि उद्योग, कलकाराखाना एव जोखिमयुक्त क्षेत्रमा श्रमिक नबनाउन माग अघि सारेको छ । गत साता भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित जगदम्बा ईटाभट्टामा १३ बर्षिया बालक मृत्यु प्रकरण जोड्दै वाईसियल भीमदत्त नगर कमिटिले घटनाको भत्र्सना गर्दै बालबालिकालाई ईटाभट्टा जस्ता कुनैपनि उद्योग, कलकाराखाना एव जोखिमयुक्त क्षेत्रमा श्रमिक नबनाउन माग अघि सारेको हो ।

वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले जारी गरेको प्रेस नोटमा जगदम्बा ईटाभट्टामा बालश्रमिकको दुखत निधनसंगै पालिकाभित्र रहेका अन्य इटा उद्योगमा समेत बाल श्रमिक भएकाले उनीहरुको उद्दारमा जोडदिए । वाईसियल भीमदत्त नगर कमिटिले सबै इटाभट्टा, उद्योग क्षेत्रको अनुगमन गर्र्दै दोषि भेटिए कानुनी कार्बाहीका लागि न्यायालयमा जाने बताएका छन । बाल अधिकारको हनन् हुने गरि केही व्यक्ति अझैपनि बालश्रमिकको श्रम लुट्न उद्यत रहेको भन्दै काममा बालबालिका होईन, युवापङक्ति लगाउन आग्रह गरेको छ ।


ताजा समाचार

spot_img