दोधारा

दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ् । कोरोना संक्रमण परिक्षणको लागी आज बिहान पुगेको एन्टिजिन जाँचबाट ३८ जनामा कोरोना संक्रमण देखा परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशालाले जनाएको छ् । आज बिहान र अपरान्हमा गरिएको एन्टिजिन परिक्षणमा २७ जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण फेला परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशालाले बताएको छ् ।

आज ८२ जनाको कोरोना परिक्षणमा ३८ जनामा कोरोना संक्रमण फेला परेको हो । उनिहरुमा सामान्य ज्वरो, खाँसी देखा परेको बताईएको छ् । उनिहरु होम आईसोलेसनमा पठाईएको छ् । प्राथमिक स्वास्थ्य केन्द्रमा फेरी आज आएर एन्टिजिन किटको अभाव देखा परेको छ् । बजारमा एन्टिजिनको अभाव भएको कारण खरिद गर्न नसकिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । ‘धनगढी देखि काठमाण्डौं सम्म खोज्दा एन्टिजिन पाईएको छैन्’ दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले भने । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दोधारा चाँदनी नगरपालिकामा लकडाउन गरिएको छ । लकडाउनका लागि दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारतको खुला सिमा नाकाहरु बन्द भनिएको छ् ।

दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा आवात जावत गर्न नगर्न उर्दी जारी गरिएको छ् । तर नेपाल–भारतको खुल्ला बोर्डरका कारण दुई देशका जनताले एक अर्काको देशमा गरिरहेको ओहरदोहर नियन्त्रण भने भएको छैन् । भारतबाट रोजगारीको लागी गएका नागरिकहरु खुला सिमाबाट फर्केर घर आएका छन् । उनिहरुलाई कञ्चनपुरको आधिकारीक नाका गड्डा चौकीबाट भित्र् आह्वान गरिएपनि दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारतको खुला सिमाबाट लुकीछिपी घर पस्ने गरेका छन् ।






