दोधारा

अहिले मानिसहरु कसरी ज्यान जोगाउने भन्ने बिषयमा सन्त्रासमा छ् । दोधारा चाँदनी नगरपालिका तथा नेपाल सरकारले कोरोना संक्रमणको चैन तोड्नको लागी लकडाउन गरेको छ् । यस्तो महामारीका बिच दोधारा चाँदनी नगरपालिकामा तस्करी भईरहेको छ् । तर दोधारा चाँदनी नगरपालिमामा सबै खुला सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई तस्कर नियन्त्रणमा खासै चाँसो राखेको देखिन्न् । बस्ती बजारमा लकडाउन कार्यान्वयन एवम् जनताको जिउ धनको सुरक्षामा अहोरात्र खटिएका नेपाल प्रहरीलाई भने तस्कर तह लगाउन हम्मे–हम्मे भएको छ् । महामारीका बाबुजुत पनि नेपाल प्रहरीले तस्कर तह लगाउन सकृय भएपछि स्थानीयले सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मी माथी प्रश्न गरिरहेका छन् ।


गएराती दोधारा चाँदनी नगरपालिका वडा नं. १ महाकाली ४ लेनको निमार्णधिन पक्की नजिक ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीको कमाण्डमा गएको गस्ती टोलीले ब्राउन सुगर सहित २ जना दोधारा चाँदनी नगरपालिका र बेतकोट नगरपालिकाका स्थानियलाई पक्राउ गरेको छ् । गएराती करिब ९ ः १५ बजे दोधारा चाँदनी नगरपालिका वडा नं. १ निवासी वर्ष ३३ को प्रेम दत्त भट्ट र बेतकोट नगरपालिका वडा नं. २ निवासी वर्ष ३२ का केशव खत्रीलाई १४.६९ ग्राम ब्राउन सुगर सहित महाकाली पक्की पुलबाट सदरमुकाम महेन्द्रनगर लैजादै गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालाय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले जानकारी दिएका छन् । उनिहरुले प्रयोग गरेको म २ प ७१०० नम्वरको स्कुटी समेत प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालाय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले बताएका छन् ।


‘बिशेष सुराकीको आधारमा हामीले पक्राउ गर्न सफल भएका हौं’ ईलाका प्रहरी कार्यालाय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले भने । उनिहरुलाई ईलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक गिरीको भनाई रहेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षक भरत राज गिरीको आगमन पछि नगर क्षेत्रमा शान्ती सुरक्षा निकै परिवर्तन आएको स्थानियहरुको भनाई रहेको छ् । कोरोनाका बेला गरिएको लकडाउनको लाभ उठाउदै भईरहेको गैर कानुनी गतिबिधी नियन्त्रणका लागि प्रहरी सकृय भएको प्रहरीको दाबी छ् । यति बेला गैर कानुनी काम रोक्न नेपाल प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउदै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले लकडाउनको पालना गर्दै सुरक्षित घरमै बस्न आग्रह गरेका छन् । उनले लकडाउनको अनैतिक लाभ उठाउदै गैर कानुनी काम गर्न सोचेको भए बन्द गर्दै सकारात्मक सोच तर्फ उन्मुख हुन समेत आग्रह गरेका छन् ।






