क्रान्तिकारीद्वारा डेरामा बसेका विद्यार्थीको उद्दार जारी


कञ्चनपुर ,
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पहलमा लकडाउनमा समस्या परेका विद्यार्थीहरुको उद्दार कार्य निरन्तर जारी छ । अखिल क्रान्तिकारी विद्यार्थी संगठन कञ्चनपुरले लकडाउनका बेला समस्यामा परेका विद्यार्थीको उद्दार कार्य जारी गरिरहेको छ ।

बढ्दै गएको कोरोना महामारी रोकथामका लागि स्थानीय प्रशासनले बैशाख मसान्त सम्ममा लकडाउन गरेसंगै विभिन्न जिल्ला घर भई महेन्द्रनगर सहित जिल्लाका अन्य स्थानमा डेरा गरि अध्ययनमा रहेका विद्यार्थीको समस्या मध्य नगर गर्दैं क्रान्तिकारीले उद्दार गरिरहेको क्रान्तिकारी विद्यार्थी संगठन कञ्चनपुरले जनाएको छ ।

बझाङका लागि पठाईएको बस र विद्यार्थीहरु

अखिल क्रान्तिकारी कञ्चनपुरका नेता एव सुप विश्वविद्यालय क्रान्तिकारीका नेता हेमन्त अवस्थीले लकडाउनका कारण विद्यालय, क्याम्पस बन्द भएपछि डेरा गरि अध्ययनमा गर्दै आएका विद्यार्थीलाई समस्या परेपछि उनीहरुको समस्या मध्य नजर गर्दै संगठनले उद्दार कार्य जारी रहेको बताए । नेता अवस्थीले शनिबार महेन्द्रनगरदेखि डडेल्धुरा, बैतडी, बझाङ्गका ५० विद्यार्थीको उद्दार गरिएके छ ।

उनका अनुसार संकटमा परेका विद्यार्थीले क्रान्तिकारीसंग गरेको अनुरोध बमोजिम क्रान्तिकारीले प्रशासन, प्रहरी, ट्राफिक प्रहरी सहित यातायात व्यवसायीसग सहकार्य गरेर विद्यार्थीको घरसम्म पु¥याउने कार्य अघि बढाईएको छ ।
हालसम्म दार्चुला, बझाङ्ग, बैतडी, पाटन, बाजुरा जिल्लाका विद्यार्थीलाई उनीहरुकै गन्तव्यसम्म पु¥याईएको छ । ‘हालम्म साढे सय विद्यार्थीलाई घरसम्म पु¥याउने प्रबन्ध मिलाएका छौँ, ‘उनले भने, ‘अझैपनि स्वास्थ्यका मापदण्ड पुरा गरि पु¥याउँनेछौँ ।’

गत बर्ष लकडाउनका कारण अलपत्र परेका विद्यार्थीको उद्दार, राहतको समस्या मध्य नजर गर्दै यस बर्ष शुरुवाती चरणदेखि नै उद्दारमा जुटिएको बताए । क्रान्तिकारीका उपाध्यक्ष कैलाचन्द्र गिरीले आफुहरुको काम संकटमा परेका विद्यार्थीको सक्दो सहयोग गर्ने बताए । उनले सबै निकायसंग समन्वय गरेर उद्दार कार्य भईरहेको बताए ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्रराज विष्टले लकडाउनमा समस्या परेका विद्यार्थीको उद्दार कार्य सरकारको दायित्व भएपनि सरकारबाट पहल नभएकाले क्रान्तिकारीले विभिन्न सयन्त्रसंग समन्वय गरेर उद्दार गर्न गरिरहेको बताए । क्रान्तिकारीको कार्यबाट विद्यार्थी प्रभावित भएका छन ।


ताजा समाचार

spot_img