पुनर्वासका स्थानिय भन्छन् ! व्यवसायी सचेत नहुदा तस्करी बढ्यो

पुनर्वास

विश्वभर नयाँ भेरियन्ट सहितको दोस्रो कोभिड लहर चलेको छ । दैनिक हजारौंको संख्यामा संक्रमित थपिदै जादा देश नै पुर्ण लकडाउन गर्नु पर्ने अवस्थामा पुगेको छ । यता पुनर्वासमा भने भित्री गतिविधि पुर्ण रुपमा रोकिए पनि भारतबाट हुने अवैध तस्करी भने रोकिएको देखिन्न ।

शुक्रबार सशस्त्र प्रहरीले भारतबाट ल्याईएको अवस्थामा पुनर्वास-६ हिमचुली सामुदायिक बन क्षेत्रबाट करिब १८ हजार बराबरको सुर्ती र युरिया मल बरामद गरेको छ । सामान बरामद भएपनी तस्कर भने नियन्त्रण हुन नसकेको बिओपी पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक निमप्रसाद भण्डारीले जानकारी दिए ।

बरामद सुर्ती र मल त्रिनगर भन्सार कार्यालय कैलाली पठाईने भन्दै बारम्बारको आग्रहमा अझै अटेरीपन देखाई सरकारको नियम उल्लंघन गर्दै तस्करी गर्न खोज्ने जो कोहिलाई पनि कार्वाही गर्न पछि नहट्ने सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए । त्यस्तै पुनर्वासमा पनि कसैलाई महामारीबाट आफू कसरी बच्ने भन्ने नैराश्य बोध भइरहेको छ भने कोहि तस्करी गर्नमै लिप्त छन् । यस्तो अवस्थामा तस्करी गर्ने तस्कर भन्दा तस्करी प्रति प्रेरित गराउने व्यवसायी नै दोषी भएको स्थानीयको ठहर छ । त्यसकारण यस्तो महामारीमा आफू पनि बचौ, अरुलाई पनि बचाऔ भन्ने मुलमन्त्र सहित सबै आम नागरिक सचेत हुन जरुरी छ ।

ताजा समाचार