अधिवक्ता भट्टद्वारा महाकाली अस्पताललाई ५० हजार आर्थिक सहयोग

कञ्चनपुर ,
बढ्दै गएको कोरोना महामारीका कारण नागरिकले दैनिक ज्यान गुमाईरहेका खबर बाहिएसंगै कञ्चनपुरका एक कानुन व्यवसायीले महाकाली अस्पताललाई आर्थिक सहयोग गरेका छन ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका स्थानीय एव युवा कानुन व्यवसायी अधिवक्ता बिनोद भट्टले शुक्रबार महाकाली अस्पताललाई ५० हजार आर्थि सहयोग गरेका हुन ।
महाकाली अस्पतालमा अक्सिजन अभावदेखि कोरोना रोकथामका लागि स्वास्थ्य उपकरण गरिद गर्दै नागरिकको जनस्वास्थ्ययमा टेवा पुगोस भन्ने उदेश्यका साथ अधिवक्ता भट्टले आर्थिक सहयोग गरेका हुन । अधिवक्ता भट्टले आफुले अक्सिजन खोजिरहेको बताउदै अक्सिजन नपाउँदासम्म अस्पताललाई अन्य आर्थिक भार पर्ने भन्दै चेक मार्फत आर्थिक सहयोग गरेको बताए । ‘यो महामारी हो, यसमा सबैले नागरिकको असल दायित्व निर्वाह गर्नुपर्छ, ‘अधिवक्ता भट्टले भने, ‘थोपा थोपा मिलेर समुद्र बनेजस्तै हामीले ठाँउ ठाँउबाट गर्ने सहयोगले अस्पतालका लागि चाहिने अत्यावश्यक बस्तुको आपूर्ति गर्नुपर्छ ।’
उनले अझैपनि अस्पतालमा अन्य सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
अधिवक्ता भट्टले महाकाली अस्पताललाई गरेको सहयोग अतुलनिय भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) सहितले आभार प्रकट गरेका छन ।
ावश्यक बस्तुको आपूर्ति गर्नुपर्छ ।’
उनले अझैपनि अस्पतालमा अन्य सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
अधिवक्ता भट्टले महाकाली अस्पताललाई गरेको सहयोग अतुलनिय भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) सहितले आभार प्रकट गरेका छन ।

ताजा समाचार

spot_img