संसद धामीको पहलमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयलाई जमिन उपलब्ध


कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित संसद नर बहादुर धामीको पहलमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयलाई जमिन उपलब्ध गराईएको छ ।
यस अघि कञ्चनपुरको मध्य भाग झलारीमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय स्थापना संसद धामीमै पहलमा भएको थियो । शिक्षालयसंग आफ्नै जमिन र भौतिक संरचना नहुँदा कालिका माविको भवन भाडामा लिएर पठन पठान शुशरु भएको थियो ।
शिक्षालयको आफ्नै जमिन भाँैतिक संरचना अभावको विषय मध्य नजर गर्दै संसद धामीको विशेष पहलमा शुक्लाफाँटा नगरपालिका ११ मालिका टोल स्थित रहेको सरकारी जमिन मध्ये हाललाई ९ विगाह जमिन शिक्षालयलाई दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । संसद धामीका स्वकीय सचिव अर्जुन भट्टले ससंद धामीकै विशेष पहलमा सरकारले बहुप्राविधिक शिक्षालयलाई जमिनको स्वामित्व दिने निर्णय गरेको बताए । ‘त्यहाँ २४ विगाह जमिन सरकारको नाममा रहेछ, ‘सचिव भट्टले भने, ‘हाललाई ९ विगाहको उपभोग दिने र बाँकी जमिन बहुप्राविधिक शिक्षालयले नै उपभोग गर्ने गरि निर्णय भएको छ ।’
आर्थिक बर्ष २०७५÷०७६देखि कञ्चनपुरको झलारीमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयले कक्षा संचालन गर्दै आएको छ । ‘माननिय ज्यूकै पहिलेदेखि जिल्लामा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना थियो, ‘उनले भने, ‘त्यही योजना अनुरुप पहल कदमीकै उपज जिल्लाका विद्यार्थीलाई राहत भएको छ ।’
विपन्न समुदायबाट हुर्कीएका संसद धामी किशोराअवस्थादेखि नै गरिब, जनताका छोराछोरीले शिक्षामा पहुँच पु¥याउनुपर्छ भन्दै मट्टीतेलको मुल्य बृद्धि बिरुद्धमा विद्यार्थीको हितमा आन्दोलन गर्दै आएका नेता हुन । आम विपन्न एव गरिबका छोराछोरीले पनि प्राविधिक शिक्षा हासिल गर्नु पाउनुपर्ने सपना बोकेका संसद धामीले आफ्ै पहलमा प्राविधिक शिक्षालय ल्याए, अनि अहिले जमिन दिलाए । संसद धामीले प्राविधिक शिक्षालयका लागि आफ्नै जमिन छुट्याउने काममा सहकारले सहयोग गरेको बताए । ‘हामी प्राविधिक शिक्षालय स्थापना गरेपछि शिक्षालयको छुट्टै जमिनको खोजिका थियौँ, ‘उनले भने, ‘जहाँ प्राविधिक शिक्षालय स्थापना गरे, त्यही सरकारी जमिन रहेछ, सो जमिन सरकारले छुटाईदियो ।’ शैक्षिक माफियातन्त्र हट्दै आम विपन्न गरिब समुदायका छोराछोरीले अध्ययन गर्न पाउने उनको भनाई छ । संसद धामीले थप प्राविधिक धारतर्फका योजना अघि बढाईने बताए । ‘हामी कञ्चनपुरलाई शैक्षिक हबकै रुपमा विकास गछौँ, ‘उनले भने, ‘यतीले पुग्दैन, अझै जनताका लागि धेरै गर्नुछ ।’ संसद धामीकै पहलमा निर्वाचन क्षेत्र नम्बर २मा शैक्षिक क्षेत्रमा भईरहेको प्रगति विकासप्रति आम अभिभावक, विद्यार्थी लगायत लाभान्वित भएका छन । उनीहरुले नेता त यस्तो पो हुनुपर्छ भन्दै संसद धामीको प्रसंसा गरिरहेका छन । जसले चुनावका बेला जनतालाई दिएको आवश्वासन पुरा गर्दैछन ।


ताजा समाचार

spot_img