समाचार हेरेर/सुनेर आत्तिनु हुदैन, मनोबल उच्च राख्नु पर्दछ् । कोरोना लाग्दैमा मृत्यु हुदैन :डा. चौधरी


‘ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद र गन्ध परिवर्तन हुने, पखाला लाग्ने, एकदम थकान हुने, निन्द्रा लागिरहने, खाना नरुच्ने आदि समस्या भएमा वा घरमा कुनै व्यक्तिलाई कोभिड भएमा वा कुनै कोभिड भएको व्यक्ति संग भेटघाट गरेको भएमा तथा कतै यात्रा गरेको भएमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । पिसिआर पोजिटिभ हुदैमा आत्तिनु पर्दैन । तापक्रम ९९.५ भन्दा माथि भएमा पारासिटामोल खान सकिन्छ् । खोकी लागेमा एलर्जीको औषधी खान सकिन्छ् । पखाला लागेमा प्रोबायोटिक खान सकिन्छ् । जीवनजल पर्याप्त खानुपर्दछ । परिवारमा एकजना संक्रमित भएमा सबैलाई संक्रमण सरेको अवस्था छ् । सबै संक्रमित भएपनि आत्तिनु पर्दैन ।

लक्षण अनुसारका सामान्य औषधीले अधिकांश संक्रमितलाई निको हुन्छ् । कोभिडले १० दिन केहि न केहि गाह्रो हुनसक्छ् । यसको लागि मानसिक तयारी र संयम आवश्यक हुन्छ । अक्सिजनको स्तर ९४ भन्दा माथि छ भने वा सास फेर्न गाह्रो भएको छैन भने कुनै चिकित्सकको सल्लाह अनुसार घरमै उपचार गर्न सकिन्छ । अस्पताल जानु पर्दैन । अक्सिजन ९० भन्दा माथि छ भने घोप्टो परेर सुत्ने तथा कोभिड अस्पतालको फिभर क्लिनिकमा गएर छातीको एक्स रे गर्नुपर्दछ् । त्यहा“ अक्सिजन, एक्सरे तथा जांचबाट चिकित्सकले औषधी लेख्नुहुन्छ । त्यहि औषधि र सल्लाह अनुसार घरमै बसेर स्वास्थ्य लाभ गर्न सकिन्छ । यदि अक्सिजनको स्तर ९० बाट तल झ¥यो भने, सास फेर्न गाह्रो भयो, शरीर सिथिल भयो तथा खान नसक्ने अवस्था आयो भने तुरुन्तै कोभिड अस्पतालमा जानुपर्दछ । भरे वा भोली जान्छु भनेर पर्खिनु हुदैन । एक्सरे, सिटि स्क्यान आदिबाट तपाईलाई गम्भीर असर देखिएमा अस्पताल भर्ना हुनुपर्दछ । अस्पताल भर्ना भएपछि आत्तिनु पर्दैन् तपाइंको अवस्था अनुसारको उपचार हुन्छ । अक्सिजन सिलिन्डर किनेर घरमा अक्सिजन लगाएर बस्नु घातक हुन्छ् । अक्सिजनको स्तर घट्ने निमोनिया लगाएत छातीको खराबीले हो । त्यसको उपचार र अक्सिजन संग संगै चिकित्सकको निगरानीमा गर्नुपर्दछ । संक्रमित हुदैमा आइसीयु र भेन्टिलेटरको चिन्ता गर्नु पर्दैन ।

आइसीयु र भेन्टिलेटर प्याक हुने, खाली हुने क्रम चलिरहन्छ । सोर्सफोर्स लगाएर आइसीयु र भेन्टिलेटर पाउन गाह्रो छ् । खाली नभए सम्म धैर्यता गर्नुपर्दछ । आइसीयु वा भेन्टिलेटरबाट कुनै गम्भीर बिरामीलाई निकालेर अर्को व्यक्तिलाई राख्न मिल्दैन । केन्द्रका अस्पतालमा धेरै चा“प हुने भएकोले शहरबाट अलिकति बाहिरका मेडिकल कलेज वा अस्पतालमा जानु राम्रो हुन्छ् । त्यहा“ बिरामीको चा“प कम हुन्छ । काठमाडौ बाहिरका अस्पतालमा पनि उपचार राम्रो छ् । तसर्थ आफ्नो ठा“उको अस्पताल छोडेर काठमाडौ जान जरुरी हुदैन् । उपचारको गाइडलाइन उही नै हो । आफुले उपचार गराएको अस्पतालमा आइसीयु वा भेन्टिलेटर छैन् भने उक्त अस्पताललाई खाली भएको ठा“उ खोजेर पठाउन अनुरोध गर्नुपर्दछ् । हामी आफैले खाली आइसीयु पत्ता लगाउन गाह्रो हुन्छ् । आइसीयु नपाएपनि चिकित्सक तथा नर्सको राम्रो केयर भयो भने अक्सिजन बेडमा पनि आइसीयु सरहको उपचार हुन्छ । अहिले पनि ८५ प्रतिशत संक्रमितलाई घरमै बसेर निको भएको छ् । १५ प्रतिशत लाई अस्पतालको सुबिधा आबश्यक देखिएको छ् । ५ प्रतिशत लाई आइसीयुको आवश्यकता परेको छ् । मृत्युदर १ प्रतिशत मात्र छ । समाचार हेरेर ÷ सुनेर आत्तिनु हुदैन । मनोबल उच्च राख्नुपर्दछ । कोरोना लाग्दैमा मृत्यु हुदैन । पोषिलो खाना, हल्का व्यायाम, सकारात्मक सोंच, स्वस्थ जीवन शैली तथा योजनापूर्बक कदम चाल्ने हो भने अस्पताल जानुपर्दैन । सबैलाई थाहा नै छ, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने कोरोना संक्रमण सर्दैन् ।

भारतमा अक्सिजनको हाहाकार, अस्पतालको चाप, मृत्युदर तथा घाटका दृश्य देखेर हामीहरुलाई तनाव भएको छ् । महामारीको समयमा यस्ता समाचार नहेर्नु उपयुक्त हुन्छ् । सबै संक्रमितलाई अक्सिजन चाहिने पनि हैन । आइसीयु तथा भेन्टिलेटर खाली नभएका समाचारले पनि असुरक्षा महशुष गराएको छ् । सरकारले अक्सिजन बेड, आइसीयु तथा कोभिड अस्पताल थपिरहेको छ् । विपत्तिको समयमा डराउने÷ आत्तिने हैन, कुशलतापूर्वक अघिं बढ्नुपर्दछ् । अहिले परिस्थिति २० बिग्रेको छ भने हाम्रो मनस्थिति ८० बिग्रेको छ् । संचारमाध्यमले पनि मनोबल बढाउने समाचार दिनु उपयुक्त हुन्छ् । नकारात्मक समाचारको महामारी झनै घातक हुन्छ् ।

(प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका डाक्टर गगन राज चौधरी संग पत्रकार पप्पु गुरुङ्गले गरेको कुराकानीको संक्षिप्त अंश)


ताजा समाचार

spot_img