सिकिस्त रहेका कोभिड पोजेटिभ वडाध्यक्ष रानाको अवस्था सामान्य बन्दै ,श्रीमतीलाई पनि देखियो कोरोना

पुनर्वास 

कोरोना पोजेटिभले केही दिन देखि सिकिस्त अवस्थामा रहेका पुनर्वास नगरपालिका-८ का वडाध्यक्ष राना श्रवणको अवस्थामा सामान्य बन्दै गएको छ । विहिबार एन्टीजेन्ट पोजेटिभ देखाएपछी पिसिआर परिक्षण गरेका अध्यक्ष रानाको शुक्रबार पिसिआर रिपोर्ट पनि पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेटिभ पछि होम आईसोलेशनमा बसेका अध्यक्ष रानाकी श्रीमतीलाई पनि कोरोना देखिएको हो ।

केहि दिन यता स्वास्थ्यमा समस्या देखिएपछि सोमबार त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा एन्टीजेन्ट परिक्षण गर्दा अध्यक्ष रानाकी श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । अहिले अध्यक्ष रानाका दुवै जना स्वास्थ्यका मापदण्ड अपनाई होम आईसोलेशनमा बसेका छन् ।

ताजा समाचार