दोधारा
दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतीय बजार बाट चिनी लगायतको समान ल्याउदै गर्दा सीमा सुरक्षाबल बोडर आउट पोष्टले महिला माथि दुव्र्यवहार गर्दा स्थानिय आर्कोशित भएका छन् । आज दिउसो सिमावर्ती भारतीय बजार बाट वर्ष २८ की रुक्मा ठकुरीले चिनी लगायत विभिन्न समान ल्याउदै गर्दा सीमामा बसेको सशस्त्रप्रहरीले रुक्माको साथमा रहेको समान प्रक्राउ गरी उनलाई दुव्र्यहार गर्दै उनीमाथि गाडीले च्याप्न खोजेको आरोप लगाएकी छन् । उनको टाँउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।


कोरोना रोकथाम एवं नियन्त्रणका लागि स्थानीय प्रशासनले बिहीबारदेखि कञ्चनपुर जिल्लाभर लागु हुने गरि निषेधाज्ञा गरेको छ । स्थानियका अनुसार कोभिडको महामारीको बेला महिलाले यसरी सिमावर्ती भारतीय बजार बाट समान ल्याउनु गलत हो तर सशस्त्र प्रहरीले प्रकाउ गरे पछि कानुन बमोजिम सजाय जरीवाना गर्नु पर्नेमा सशस्त्रप्रहरीले मनमानीम गरी दुव्र्यहार गरेको भनी स्थानिय आन्दोलित भएका थिए । स्थानियले सशस्त्रप्रहरीको ज्यादती प्रति विओपी घेरेपछि सशस्त्र प्रहरीले १० थान आश्रुग्याँस प्रहार गरेको छ ।


दोधरा चाँदनीका स्थानिय बासिन्दाले सशस्त्र प्रहरीको ज्यादी बढ्दै गएको आरोप लगाएका छन् भने केही दिन अगाडी नगर प्रमुख बिर बहाुदर सुनारले पनि एउटा कार्यक्रम विच सशस्त्र प्रहरीको ज्यादतीको बारेमा बोलेका थिए ।







