कञ्चनपुर

कोरोना संक्रमितलाई कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले आईसोलेशनमा राखिरहेको छ । कोरोना रोकथामका लागि गाँउपालिकाले निर्माण गरेको आईसोलेशनमा राखिरहेको छ । भारतबाट फर्किएका एन्टिजिन मार्फत गड्डाचौकीमा कोरोना देखिएकालार्ई गाँउपालिकाले आईसोलेनमा राखेर उपचार गरिरहेको गाउँपालिका लेखा समिति संयोजक शंकर भट्टले
बताए ।

उनका अनुसार हालसम्म बेलडाँडीका १३ जना स्थानीयमा कोरोना देखिएको थियो, जसमध्ये ४ जना डिस्चार्ज भएका छन । भने १ जना महेन्द्रनगरको आईसोलेशनमा छन । भने ७ जना उपचारार्थ छन । गाँउपालिकाले कोरोन रोकथामका लागि एक साता कार्यालयमा अत्यावश्यक कामकाज बोहक बन्द गर्नुका साथै सीमा क्षेत्रबाट घुसपैठ रोक्नका लागि सशस्त्र प्रहरी र प्रहरीलाई पत्राचार गरेको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख धन ब. थापाले कोरोना रोकथामका लागि बुधबारदेखि भएको लकडाउनको पूर्ण पालना गर्दे महामारीका बेला उच्च सुरक्षा सर्तकता अपनाउन आग्रह गरेका छन ।






