कञ्चनपुरमा कोरोना भयाभह : एकै दिन युवक सहित तीन जनाको मृत्यु


कञ्चनपुर

कञ्चनपुरमा कोरोना महामारी भयाभह बन्दै गएको छ । दैनिक सयौँको संख्यामा नयाँ कोरोना सक्रमित थपिरहेका छन । सक्रमित मुलुक भारतबाट नेपाल आउने क्रम रोकिएको छैन । नेपाल आउने सबैको कोरोना परीक्षण गरिदैन । महाकाली अस्पतालका बेड कोरोना संक्रमितले भरिभराउ भएका छन । महाकाली अस्पतालमा उपचारार्थ तीन जना संक्रमितको एकै दिन मृत्यु भएको छ ।

बिहीबार एक युवक सहित तीन जनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ । महाकाली अस्पतालका कोरोना सम्पर्क संयोजक डा. गोबिन्द रोकायाले भीमदत्त नगरपालिका १९ बागफाँटाका २१ ब्र्षिया युवक सहित तीन जनाको मृत्यु भएको बताए । उनका अनुसार २१ ब्र्षिया युवक ब्लड क्यान्सको समस्या थियो । हालसम्म कञ्चनपुरका मृत्यु भएका मध्ये सबैभन्दा कम उमेरका बाँगफाँटाकै युवक हुन । यस्तै भीमदत्त नगरपालिका १८ सालघारीकी ३० बर्षिया महिला र दोधाराचाँदनी नगरपालिका १ का ३० बर्षिया युवकको समेत मृत्यु भएको छ ।

दोधाराका युवकको ट्रभल हिस्ट्री भने एकिन गरिएको छैन । ग्डडाचौकी नाकाबाट बुधबार नेपाल भित्रिएका ५५० मध्ये, ७५ जनाको परीक्षण बाँकीको गरिएको छैन । परीक्षण मध्ये २८ जनामा पोजेटिभ देखिएको छ । भारतबाट आएका सबैको कोरोना परीक्षण नगर्ने र होल्डीङ्ग सेन्टरमा समेत नराख्ने प्रवृतिका कारण गाँउ गाँउमा कोरोना महामारी फैलिरहेको छ । कोरोना रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि एक साताका लागि लकडाउन गरेको छ । नेपालीले विदेशमा समेत ज्यान गुमाईरहेका छन । प्रशासनले हात जोडेर नागरिकलाई धैर्ययताका साथ उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन अनुरोध गर्दै आएको छ ।


ताजा समाचार

spot_img