कञ्चनपुर

कोरोनो महामारीको अवस्थान भयाभह भईरहेका बेला स्वास्थ्य विभागका प्रमुख दिपेन्द्र रमन श्रेष्ठ सहितका स्वास्थ्य उच्च अधिकारीले महाकाली अस्पतालको अनुगमन गरेका छन । बुधबार कञ्चनपुर आएको डा. श्रेष्ठ नेतृत्वमा आएको टोलीले महाकाली अस्पतालका साथै ग्डडाचौकी हेल्थडेस्कको समेत अनुगमन गरेको छ ।


स्वास्थय विभागको टोलीसंग महाकाली अस्पताल व्यवस्थापन समितिका अधयक्ष कृष्णदत्त जोशी(बोँक्सर)ले कोरोनाको भयाभह अवस्थाबाट बाँच्नका लागि यथाघिश्र स्रोत साधन र जनशक्तिको माग अघि सारेका छन ।

अक्सिजन, भेन्टिलेटर र जनशक्ति व्यवस्थापन गरिदिन अध्यक्ष जोशीले स्वास्थ्य विभागको टोलीसंग अनुरोध गरेको छ । अध्यक्ष जोशीको माग बमोजिम स्वास्थ्य विभागका प्रमुख डा. दिपेन्द्र रमन श्रेष्ठले २सय बेडको अस्पताल भएकाले जनशक्ति, उपकरण एव अक्सिजन दिने आवश्वासन दिएका छन ।






