महाकाली असपतालमा उपचार हुन नसकेपछि न्यायाधिश भट्टराई रिर्फर

हेलिकेप्टर चार्टर गरेर काठमाण्डौँ लगियो


कञ्चनपुर

महाकाली अस्पतालमा उपचारार्थ कोरोना संक्रमित उच्च आदालतका न्यायाधिश कृष्णलाल भट्टराइलाई हेलिकेप्टर चार्टर गरेर काठमाण्डौँ लगिएको छ । एक सातादेखि महाकाली अस्पतालमा उपचारार्थ कोरोना संक्रमित न्यायाधिश भट्टराइको अस्पतालमा उपचार हुन नसकेपछि रिर्फर गरिएको हो । बुधबार बिहान सिम्रिक एयरको हेलिकेप्टर मार्फत काठमाण्डौँ लगिएको छ ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले आईसियूमा उपचारार्थ न्यायाधिश भट्टराईलाई काठमाण्डौँ लगिएको बताए । ‘न्यायाधिश श्रीमानको स्वास्थ्य सुधार नभएपछि हेलिकेप्टर चाटर गरेर काठमाण्डौँ पठाएको छौँ, ‘अध्यक्ष जोशीले भने, ‘यहाँपनि आईसियूमा राखेर उपचार गरिरहेका थियौँ ।’

May be an image of one or more people and outdoors

महाकाली अस्पतालमा कोरोना संक्रमित धमाधम थपिदै छन । तर, अक्सिजन र जनशक्ति अभाव हुुँदा संक्रमितको उपचारमा समस्या भईरहेको छ । कोरोना महामारी समुदायमा फैलिन थालेको भन्दै अस्पतालले समेत रहनका लागि आब्हान गरेका छ । महाकाली अस्पतालमा दैनिक संक्रमितको मुत्यु भईरहेको छ ।


ताजा समाचार

spot_img