कञ्चनपुर

समुदायमा कोरोना महामारी फैलिन थालेपछि कञ्चनपुर बेलडाँडीको सरस्वती माध्यामिक विद्यालय एक साताका लागि बन्द भएको छ । बेलडाँडी गाँउपालिका १झर्नासागरको सरस्वती माध्यामिक विद्यालय मंगलबारदेखि एक साताका लागि बन्द भएको हो ।

सोमबार विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले क्ञ्चनपुरका विभिन्न सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी एव समुदाय सहित भारतबाट फर्किएका नागरिकमा कोरोना संक्रमण बढ्न थालेसंगै विद्यालयमा पनि संक्रमण फैलिन सक्ने भएकाले एक सातका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहले कोरोना जोखिम मध्य नजरगर्दै एक साताका लागि आगामी बैशाख २१ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए । ‘कोरोना दिनप्रतिदिन बढिरहेको छ, ‘उनले भने, ‘रोकथाम भएको छैन, त्यसको असर बालबालिकामा पर्ने देखिन्छ त्यही भएर विद्यालय बन्द गरेका हौँ ।’

बन्द लगत्तै २२ बैशाखदेखि भौतिक दुरी कायम गरेर परीक्षा संचालन हुने अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले विद्यालयमा सरकारले स्वास्थ्य सुरक्षा समाग्री व्यवस्थापन गर्नुपर्ने बताए । उनका अनुसार सरकारले कोरोना रोकथामका लागि प्रर्याप्त तयारी थाल्नुपर्छ । यस बर्ष दोस्रो चरणमा देखिएको कोरोना महामारी नियन्त्रणका लागि सघीय सरकारले तल्ला दुई (प्रदेश र स्थानीय तहलाई अधिकार दिएको थियो । स्थानीय तहले विद्यालय बन्द गर्ने नगर्ने अधिकार व्यवस्थापन समितिलाई दिएको छ ।
बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले विद्यालयमा समेत संक्रमण देखिए सम्बन्धीत विद्यालयले पठनपाठन बन्द गर्ने अधिकार दिएको बताए । ‘हामी कोरोना रोकथामका लागि अत्यन्तै जिम्मेबार भएर खटिएका छौँ, ‘उनलmे भने, ‘कोरोना नियन्त्रण एक निकायबाट मात्र नभई सबै पक्षबाट सहयोग हुनुपर्छ ।’ गत बर्ष समयमै लकडाउन भएका कारण नागरिक सुरक्षित थिए ।






