पुनर्वास नगरपालिका कोरोनाको उच्च जोखिममा, कोरोनाका कारण एकपछि अर्को बिदधलय बन्द हुदै


किशोर तमाङ्ग /कञ्चनपुर

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा पनि कोरोना पोजिटिभ दररेट दिन प्रतिदिन बढ्दै गएको छ। यतिखेर कोरोनाका कारण एक पछि अर्को गर्दै बिद्यालय हरु बन्द हुदै गएको छ। बिगत एक साता अगाडि शिक्षक र बिद्यार्थीमा कोरोना पोजिटिभ देखिए पछि एउटा संस्थागत बिद्यालय र एक निजी बिद्यालय बन्द भएको थियो।

आज फेरी एक बिदधलय कोरोनाका कारण बन्द भएको छ। पुनर्वास नगरपालिका वडा नम्बर ८ सिता बस्ती स्थित समशिक्षा ईन्टरनेसनल निकेतनका दुई बिद्यार्थी र एक जना शिक्षकमा कोरोना देखिएको छ। । पुनर्वास नगरपालिका ५ स्थित त्रिभुवनबस्ती स्वास्थ चैकिमा चेकजाच गर्दा शिक्षक र विद्यार्थीमा कोरोना देखिएकाले बिद्यालय बन्द रहने बिदधलयका प्रिन्सिपल लालप्रसाद घिमिरेले बताउनुभयो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ ।

याे सँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख एक सय १९ पुगेको छ । यस्तै थप चार सय ५० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ । अहिले नेपालमा १९ हजार तीन सय ८२ जना सक्रिय सङ्क्रमित छन् । पुनर्वास नगरपालिकाका अधिकांश भूभाग भारत सग खुल्ला रूपमा सीमा जोडिएका छन। सयौं चोरी बाटोहरू छन। यतिखेर भारतमा कोरोना दर उच्च रहेको बेला नेपालको सिमावर्ती क्षेत्रमा अवगमनमा कडिकडाउ नगरिदिदा त्यही चोरी बाटो हुदै भारत बाट फर्किनेको लार्को लागेको छ। भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक बिन रोकटोक यस नाकाबाट नेपाल आउने गर्दछन जसको प्रत्यक्ष सम्पर्क सिमावर्ती बस्तीमा देखिन्छ। बिद्यालय मात्र बन्द गरेर सङ्क्रमण रोकिने हैन, सिमा नाका खुल्ला छ।

बजारमा भिडभाड उस्तै छ। बिवाह, पार्टी होटेल रेस्टुरेन्टमा भिडभाड उस्तै छ। कोही पनि जिम्मेवार भएको दिखिदैन, स्थानीयले गुनासो गर्दै भने एक बर्ष अघि थला परेको जनजीवन कसरी यति चाँडै भुल्न सकेको होला??जनस्वास्थ्यका मापदण्ड पटक्कै लागु भएको छैन , संक्रमणको बृद्धि दरले भयावह रुप लिईसक्दा पनि स्थानीय सरोकारवाला निकाय भने मौन दिखिन्छ बेलैमा सचेत नबने यसले गम्भीर परिणाम निस्किने निश्चित देखिन्छ । त्यसैले कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल भारत सिमा पुर्ण रूपमा बन्द गरि अबिलम्ब कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकार गम्भीर बन्न जरूरी देखिन्छ।


ताजा समाचार

spot_img