दलित महिलाको उत्थानका लागि मिडियाको महत्वपूर्ण भूमिका


कञ्चनपुर

दलित महिलाको अधिकारका लागि संचार माध्यमको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागिले बताएका छन । सोमबार दलित महिला संघ कञ्चनपुरले महेन्द्रनगर आयोजना गरेको ‘दलित महिला तथा अन्य सिमान्तकृत महिलाको मानव अधिकार तथा समाजिक न्याय प्रर्बद्धनका लागि मिडिया भूमिका विषयक छलफल कार्यक्रममा सहभागिले दलित महिलाको अधिकारका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने बताएका हुन ।

गैसस महासंघका अध्यक्ष नरेश सिलालले सिद्धान्तमा दलित समुदायका महिलाको अधिकार अनुरुप व्यवहारमा कार्यान्वयनमा जोडदिए । नागरिक समाजका अगुवा कोमल निरन्जन भाटले दलित महिलालाई अवसर दिनुपर्नेमा सुझाव दिदै अधिकारको सदुपयोगमा जोडदिए । पत्रकार महासंघ सुप प्रदेशका महासचिव रामसिह ठगुन्नाले दलित महिलाको अधिकारका लागि मिडियाका तर्फबाट पहल गर्ने बताए । कार्यक्रममा दलित महिला सदस्य माया सार्कीले पद अनुरुप वडामा समाजिक काम र जिम्मेबारी नपाएको दुखेसो पोखिन ।

दलित महिला संघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी विकले दलित महिलाको उत्थानका लागि जिल्लाको भीमदत्त र बेलडाँडी गाँउपालिकामा कार्यक्रम संचालन गरिएको बताईन । अध्यक्ष विकका अनुसार वडाध्यक्षले दलित महिला सदस्यले अघि सारेका माग सम्बोधन गर्दैनन । योजना छनौटको चरण भएकाले दलित महिलाको अधिकारका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोडदिए । ‘दलित महिलाको अधिकार घोषणा पत्रमा सीमित छ, ‘उनले भनिन, ‘विनियोजित अधिकार कार्यान्वयन गर्नुपर्छ ।’ दलित महिला सघ कञ्चनपुरका कार्यक्रम संयोजक नर ब. आउजीले प्रस्तुत गरेको प्रतिवेदनमा अझैपनि छुवाछुत र दलित महिला सबैभन्दा मारमा रहेका छन ।


ताजा समाचार

spot_img