संसद धामीको पहलमा निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा बजेट थप


कञ्चनपुर

प्रतिनिधी सभा सदस्य (संसद) नर बहादुर धामीको पहलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा बजेट थप भएको छ । संसद धामीका स्वकीय सचिव अर्जृन भट्टले क्षेत्र नम्बर २ का चार सडक सुधारका लागि संसद धामीले चालु आर्थिक बर्ष ०७७/०७८ भित्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र पेश गरेका थिए । संसद धामीकै पहलममा चारै सडकका एक एक करोड बजेट आएको स्वीकीय सचिव भट्टले बताए ।

स्वकीय सचिव भट्टका अनुसार क्षेत्र नम्बर २का तीन वटै स्थानीय तहमा महत्वपूर्ण चार सडकमा बजेट थप भएको
छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई बैशाख ६मै थप बजेट विनियोजन गरेको पत्राचार गरेको छ । बेदकोट नगरपालिका ७ मुसेपानीदेखि डडेल्धुरा पर्शुराम धाम जोडने चुनेपानी सडक, बेदकोट औद्योगिक क्षेत्र चाँदनीफाँटा जडेपानी, भम्का धरमपुर पुतलीबजार सुडा, लालपुुर सुन्दर नयाँ गाँउ चतहरी चम्फापुर पिपलधारा, कृष्णपुर नगरपालिका ४ खल्लादैया पवित्रा बस्ती चौराह रतासीगौडी सिमलकोट सिहपुर बनदेवी मन्दिर हुदै उत्तर जोड््ने सडक, शुक्लाफाँटा नगरपालिका ५तल्लो गर्जमुनी असैजना सिकलपट्टी ठाडा जोनापुर ढकनिया रानीपुर बसन्तपुर बन्साह गणेशपुर दिपनगर अमरपुर नैखुरी मणिकाधाम सडकमा एक एक करोड बजेट थप गरिएको छ ।

‘ससद ज्यूको पहलमा थप बजेट आएका क्षेत्रका चारै सडकको सडक डिभिजन कार्यालयबाट समेत अनुगमन गरिएको छ, ‘स्वकीय सचिव भट्टले भने, ‘उक्त बजेट आएसंगै कञ्चनपुरको सडक पूर्वाधार विकास हुनेछ ।’


ताजा समाचार

spot_img